गृह मन्त्रालयले सिरहाका गणेश यादवको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृहका सहसचिवको संयोजकत्वमा एक समिति गठन गरेको छ।
बिज्ञापन
सिरहामा प्रदर्शनका क्रममा गोली लागेर औरही गाउँपालिका–२ तुलसियाहीका रामवृक्ष यादवका १५ वर्षीय छोरा गणेशको सिरहालको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो ।
यस अघि नै मृतकको परिवार र सरकारबीच शुक्रबार राति सम्झौता गरेको छ । जसमा गृह मन्त्रालयले मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको थियो । गत शुक्रवार भएको सम्झौतामा मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव तथा सिफारिस कानुनबमोजिम कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने,मृतकका दाजु र बहिनीको निःशुल्क शिक्षाको व्यवस्था मिलाउने तथा उनकी आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने सहमति पछि गणेश यादवको अन्त्येष्टि प्रक्रिया अगाडि बढाएको थियो ।
यता गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाटमन्त्रालयका सहसचिव पुष्पराज शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। समितिका सदस्य सचिवमा उपसचिव कुलशेखर अर्याल रहेका छन् भने समितिका सदस्यहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) तथा विधि विज्ञान प्रयोगशालाका डिएसपी रहेका छन्।






























