कुन मन्त्रालयका कति- कति दरबन्दी हुँदैछ कटौती ?

विभिन्न मन्त्रालयहरुले सरकारको निर्णयलाई उच्च प्राथमिकता दिँदै तीव्र गतिमा नयाँ संगठन तथा पद दर्ताको काम अघि बढाएका छन् । पछिल्लो तीन दिनमा सात मन्त्रालय र विभिन्न तीन वटा निकायले दरबन्दी दर्ता गरेका छन् । जस अनुसार हालसम्म ६२२ दरबन्दी टुंगिएको किताबखानाले जनाएको छ । हालसम्म ६ विशिष्ट , २७ सहसचिव वा सो सरह सहित कुल ६२२ पद दरवन्दी दर्ता भएको जनाइएको छ ।

बिज्ञापन

भूमि व्यवस्था, सहकारी ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यो मन्त्रालयको १४० दरवन्दी कायम भएको छ । सो मन्त्रालयको ८५ दरबन्दी कटौतीमा परेको छ । यस्तै राष्ट्रिय कितावखाना ३२ दरबन्दी कटौती गर्दै १०६ दरवन्दी दर्ता भएको छ । यता सोही मन्त्रालय मातहतको सहकारी रजिष्ट्रारको कार्यालयको ३७ दरवन्दी कायम भएको छ । हिजैमात्र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय ९० दरवन्दी स्वीकृत भएको ती मन्त्रालयहरुले जनाएका छन् । सो मन्त्रालयमा विशिष्ट श्रेणीका एक सचिव, इन्जिनियरिङ सेवाको २ र प्रशासन सेवाको १ गरी ३ सहसचिवको दरबन्दी कायम भएको छ ।

बिज्ञापन

सरकारले १० सचिवको दरबन्दी कटौतीको तयारी गरिरहेको छ । जस अनुसार किताबखानामा दर्ता गरिए अनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ७ सहसचिव गृहमा ९ सहसचिवको दरबन्दी कटौतीमा पर्दैछ । हाल सहसचिव दरबन्दी रहेका ९ जिल्लामा सो दरबन्दी कटौती गरेर उपसचिवलाई प्रमुख जिल्ला अधिकारीका रुपमा खटाउने गृहकार्य हुँदैछ । यस्तै अर्थका ४, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका ४ सहसचिवहरुको दरबन्दी कटौतीमा पर्दैछ । प्रधानमन्त्री कार्यालय, पूर्वाधार मन्त्रालय, कृषि, वन तथा पर्यावरणका अलवा श्रम र स्वास्थ्यका दुई दुई सचिवको दरबन्दी कटौतीमा पर्नेछ । यता सूचना प्रविधि तथा सञ्चारमा १ सहसचिवको दरबन्दी काटिँदैछ । स्वास्थ्य मन्त्रालयमा १२ औं तहका दुई अतिरिक्त सचिवसहित १७ दरबन्दी कटौतीको प्रस्ताव अगाडि बढेको छ । यता अर्थ मन्त्रालयका पाँच सहसचिवको दरबन्दी कटौती हुँदैछ ।

निजामती किताबखानाका अनुसार रक्षा मन्त्रालयको ६५ दरवन्दी,सूचना तथा संचार मन्त्रालय – ७० दरवन्दी कायम भएको छ भने कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय – ९६ दरवन्दी कायम हुँदा न्याय सेवा तालिम केन्द्र – १८ दरवन्दी कायम भएको जनाइएको छ । राष्ट्रिय कितावखानाले सरकारको ६२२ दरवन्दीको दर्ता टुंग्याएकोछ । अन्य मन्त्रालयहरुबाट विवरण प्राप्त हुने क्रम जारी छ । महिला मन्त्रालयको विवरण समेत प्राप्त भइसकेको किताबखानाले जनाएको छ । त्यहाँको दरबन्दी दर्ताको काम टुंगिँने क्रममा रहेको किताबखानाले जनाएको छ । पूर्वाधार मन्त्रालय र परराष्ट्र मन्त्रालयले मापदण्ड अनुसार ओएनएम गर्न नसक्दा समयमा यो काम नसकिएको कर्मचारीहरुले बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

बिशेष