अवकाशको मुखमा अतिरिक्तमा

सामान्यतया जागिरे जीवनका तीसौं बर्ष सरकारी सेवा गरेर अवकाशमा जान लागेका कर्मचारी खुशी भएर जाओस् भन्ने शुभेच्छा विगतका सरकारहरूले राख्ने गरेका थिए । तर वर्तमान सरकारले भने अवकाशका मुखमा रहेका कर्मचारीहरुलाई धरपकड गर्ने,जगेडामा राख्ने,सरुवा गरिदिने लगायतका गतिविधि गर्न थालेको छ । यस अघि अवकाशको मुखमा रहेका आधा दर्जन सचिवहरुलाई प्रधानमन्त्री कार्यालयको जगेडामा थन्काएर अवकाशमा पठाएको सरकारले मंगलबार गरेको उपसचिवको सरुवामा समेत अवकाशको मुखमा रहेका दुई उपसचिवलाई भूमि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नै मन्त्रालयभित्र रहेका उपसचिवलाई अतिरिक्त समूहमा राखेको हो।

बिज्ञापन

मन्त्रालयले दुई दर्जन उपसचिवको सरुवा गर्दा अवको महिना दिनभित्रैमा अवकाशमा जान लागेका उपसचिवद्धय मोहनकुमार घिमिरे र जीवनराज सेढाइलाई अतिरिक्त समूहमा राखेको छ । हाल मन्त्रालयको वातावरण तथा विपद् शाखाको प्रमुख रहेका घिमिरे आगामी भदौं ८ मा भूमि प्रशासनतर्फ भूमिसुधार तथा बसोबास व्यवस्थापन शाखा प्रमुख रहेका थिए। कार्यरत रहेका सेढाइ भदौ १३ गते अनिवार्य अवकाशमा जाँदैछन् । यस अघि अवकाशको मुखमा रहेका सचिवहरुलाई उसैगरी सरुवा गरिएको थियो भने आधा दर्जन सचिवहरुलाई सामान्यको अतिरिक्त समूहमा राखिएको थियो । जबकी नियामती सेवा ऐनले अवकाशको ६ महिना अगाडि कुनै कर्मचारीलाई सरुवा गर्न नपाइने व्यवस्था राखिएको छ । सो व्यवस्था विपरित अवकाशको दुई साता अघि चिरञ्जिवी चटौतलाई  १४ असारमा अनिवार्य अवकाशमा गइसकेका छन् ।

बिज्ञापन

यस्तै,उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका कृष्णहरि पुष्कर असार २३ मा अनिवार्य अवकाशमा गइसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका लोकनाथ पौड्याल साउन ६ गते अनिवार्य अवकाशमा गइसकेका छन् । दरबन्दी कटौतीका नाममा उनीसहितका ६ सचिवहरु प्रधानमन्त्री कार्यालयमा जगेडामा राखिएको थियो । यसरी अतिरिक्तमा राखिएकामध्ये चार सचिवहरु अनिवार्य अवकाशमा गइसकेका छन् । यस्तै सचिव हरिप्रसाद मैनाली अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५ वर्ष सचिव खाएर घर जाने सूचीमा छन्।

वन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका सचिव गोविन्दप्रसाद शर्मा साउन २४ गते अनिवार्य अवकाशमा जाने भए पनि उनले साउन पहिलो साता राजीनामा दिएर हिडेका छन् । यता स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका सचिव डिल्लीराम शर्मा अवकाशको महिना दिन अगाडि अख्तियार पठाइएको छ । मापदण्ड र विज्ञता नहेरी मनलाग्दी सरुवा गरिएको छ, प्रधानमन्त्री कार्यालयमा पनि हुल खडा गरिएको थियो । पहिला सहसचिवसम्म अतिरिक्तमा हुन्थे । प्रधानमन्त्री कार्यालयका एक सचिवले भन्छन्,अब हामी सचिव पनि बरण्डामा बस्ने दिन आए, यसबाट सुशासन कसरी आउने रहेछ ?

बिज्ञापन

नयाँहरूले नयाँ गर्ने भनेको त झन मनलाग्दी पो रहेछ ।’ निजामती प्रशासनबाहेक इन्जिनियर, कृषि, वन, परराष्ट्र, कानुन सेवा समूहका सचिवहरू विषयगत मन्त्रालयमा हुन्छन् भन्ने सामान्य जानकारीसमेत मन्त्री र प्रधानमन्त्रीको सचिवालयले नलिएका कारण बेथिती देखिएको उच्च प्रशासकहरु टिप्पणी गर्दछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

बिशेष