मुख्यसचिव– सचिव ‘मौन विद्रोह’

सुमनराज अर्याल अनिवार्य अवकाशमा गएसँगै गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव बनाइएपछि किरणराज शर्माले पदभार ग्रहणमा अनुपस्थित रहेर मौन विद्रोह गरेकै थिए । गत साता बसेको पहिलो सचिव बैठकसमेत गोविन्द कार्कीका लागि पहिलो गाँसमा ढुङ्गा बन्न पुगेको छ । गत सोमबार बिहान ९ बजे झण्डै डेढ घण्टा चलेको बैठकमा सचिवहरूले मौन विद्रोह गरे । किरणराज ४ साउनमा अवकाशमा गइसकेका छन् ।

बिज्ञापन

तीन सातापछि अनिवार्य अवकाश हसने डा गोविन्दप्रसाद शर्मा पनि राजीनामा दिएर घर फर्किए । यस्तै प्रधानमन्त्री कार्यालयको जगेडाबाट एक महिनाका लागि अख्तियारमा खटाइएका डिल्लीराम शर्मा, गृहसचिव राजकुमार श्रेष्ठ, मुख्य सचिव बन्नबाट रिङ्ग आउट भएका गोपालप्रसाद सिग्देल, रविलाल पन्थ, कृष्णबहादुर राउत, रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला, डा. दिपक काफ्ले, घनश्याम उपाध्याय, लक्ष्मीकुमारी बस्नेत, राधिका अर्याल, सरिता दवाडी, केदारनाथ शर्मा जस्ता सिनियरहरु अगाडिका कुर्सी खाली हुँदाहुँदै हल पछाडिपट्टिको कुर्सीमा बसे ।

बिज्ञापन

कार्कीले बारम्बार अगाडि आएर बस्न आग्रह गर्दासमेत सचिवहरूले मानेनन् । उता, सोही बैठकले गरेको २२ निर्णयमध्ये ११ औं नम्बरको निर्णयका कारण बालेन सरकारविरुद्ध माइतीघरमा लोकसेवा तयारी गरिरहेका युवाहरूले नाराबाजी लगाउने क्रम जारी छ । त्यसमा लोकसेवाको नयाँ भर्ना नखुलाउने, भर्ना खुलाउन पर्दा प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ । उता, सूचना प्रविधिको काम सबै प्रधानमन्त्री कार्यालयले लिएपछि प्रविधि खरिद, योजना, टेण्डरमा नयाँ शैली अपनाइको छ । विधिसम्मत अघि बढेका टेण्डरलाई बीचमै रद्द गर्दै नयाँ प्रक्रिया अघि बढाउने सिलसिला जारी रहेको स्रोत बताउँछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुख्यसचिव– सचिव ‘मौन विद्रोह’

७ मन्त्रालय,तीन निकायका ६२२ दरबन्दी कायम

२४ उपसचिवको सरुवा : ९ लाई प्रमुख प्रशासकीय अधिकृत,५ पुगे मालपोत

आर्या होटलमा मेरो भोगाइ : “म काम सिक्न गएको थिएँ, तर त्यहाँ मैले सम्मानभन्दा बढी अपमान पाएँ”

सकारात्मक सोच र दूरदर्शी नेतृत्वबिना समृद्धि सम्भव छैन

कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

सहसचिव थापालाई साता दिनको ‘टास्क’

बासुदेव गृह तानिए,ईश्वरी राती नै हाजिर भए

बिशेष