रेग्मी अवकाशमा,निमित्त अध्यक्षको जिम्मेवारी बेलबासेको काँधमा

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी आजदेखि अवकाशमा गई पदमुक्त हुने भएका छन् । ७८ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत विभिन्न संवैद्यानिक निकायमा नियुक्ति गरिँदा झापा गौरादह–३ का पूर्व सचिव रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्ति गरेको थियो । ७८ साल असार १० गतेदेखि लोकसेवा आयोगको अध्यक्षमा नियुक्ति पाएका उनी पाँच बर्ष कार्यकाल पूरा गरि अवकाशमा गएका हुन । उनी २०३७ साल वैशाख ९ गते अस्थायी डिठ्ठा भएर सरकारी सेवा सुरु गरेका उनी सोही वर्ष स्थायी खरिदार बनेका थिए । २०६८ साल साउन ११ गते सचिव बनेका थिए । सचिवको रुपमा पूरै पाँच वर्ष कार्यकाल पूरा गरेर उनी ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाटै रिटायर्ड भएका थिए । न्यायाधीश कुमार रेग्मीका सहोदर भाइ हुन ।

बिज्ञापन

अध्यक्ष र सदस्यहरुको कार्यकाल ६ वर्षको हुने भए पनि रेग्मी ६५ बर्षे उमेर हद लागेर अवकाशमा जान लागेका हुन । संवैधानिक निकायमा नियुक्त हुने पदाधिकारीहरु ६५ वर्ष पुगेपछि अवकाश हुने कानुनी प्रावधान छ ।

बिज्ञापन

सोही कानुनी प्रावधान अनुसार रेग्मी आयोगको अध्यक्षबाट अवकाशमा गएसँगै उनी पछिको बरियतामा रहेका माधव बेलवासे निमित्त अध्यक्षको रुपमा काम गर्नेछन् । बेलबासे खानेपानी मन्त्रालयबाट अवकाश प्राप्त सचिव हुन । उनी ३३ वर्ष ३ महिना २० दिन सेवा गरेर अवकाश पाएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीको लावालस्कर, कर्मचारीलाई सास्ती : ८५ जनाको नास्ता, ७० जनाको डिनर, २०० जनाको खानाको बिल कसले तिर्छ?

चार अधिकृत र एक सहसचिवलाई सरकारी सेवाबाटै बर्खास्तीको तयारी

मन्त्रीको २२ सल्लाहकार भर्तीको प्रस्ताव,मुख्यसचिवद्धारा होल्ड

चार लाख धरौटी बुझाएर छुटे निलम्बित सचिव

समाचार प्रकाशनपछि भन्सारमा एक्सन : मुस्ताङबाट छुटेका दुई गाडी नियन्त्रणमा, १४ लाख रुपैयाँ जरिवाना

लोकसेवा गुरु झनै शक्तिशाली

कार्यालय प्रमुख र सवारी चालकविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पिरामिड शैलीको दरबन्दी संरचना नहुँदा मारमा कर्मचारी,मुख्यसचिवलाई बुझाए ज्ञापन

बिशेष