अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा उनीसहित सिद्धार्थ थापालाई समेत नियन्त्रणमा लिएको जनाइएको छ । अहिले राहदानी छपाइका लागि टेण्डर पाएको पुरानो कम्पनीसँग सम्झौता अवधि सकिएको छ। अहिले दुईवटा जर्मन कम्पनीहरू मुलबाउर र भेरिडोस कम्पनीले राहदानी छपाइको लागि टेण्डर पाएको छ। सोही खरिद प्रक्रियामा लफडामा महानिर्देशक पक्राउ परेका हुन ।
बिज्ञापन
अख्तियारको टोलीले महानिर्देशक अर्याललाई प्रधानमन्त्री कार्यालय बालुवाटारबाट पक्राउ गरेको जनाइएको छ ।




























