निजामती कर्मचारीका ट्रेड युनियनमाथिको प्रतिबन्ध अदालतद्धारा सदर

दलगत कर्मचारी संगठन खारेज गर्ने सरकारी निर्णयले वैद्यता पाएको छ । प्रधान न्यायाधीश मनोज कुमार शर्माको अध्यक्षतामा न्यायाधीशहरु नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज र महेश शर्मा पौडेलको इजलाशले यसअघि अध्यादेशमार्फत गरिएको खारेजी कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश निरन्तर नरहने भनेको हो । अदालतको यो आदेशले बालेन सरकारलाई धेरै राहत प्रदान गरेको छ ।

बिज्ञापन

बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती सेवामा दलीय ट्रेड युनियन खारेज गर्नेगरी अध्यादेश जारी गरेको थियो । संविधानले ट्रेड युनियन खोल्ने र त्यसमा सहभागी हुने संवैधानिक हक प्रत्याभूत गरेकाले सरकारको निर्णय असंवैधानिक रहेको जिकिर गर्दै निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहालले २५ वैशाखमा सर्वोच्चमा रिट दर्ता भएको थियो । २८ वैशाखमा सर्वोच्चले अध्यादेशको व्यवस्था कार्यान्वयन नगर्न तथा नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सो समयमा तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र शारंगा सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ गर्दै बहुमतबाट तत्काल यो निर्णय कार्वान्वयन नगर्न आदेश दिएको थियो।

बिज्ञापन

त्यसपछि गत जेठ २० गते यो मुद्दा सुनुवाई भयो । यस अघि गत बुधबार हेर्दाहेर्दैमा राखिएको मुद्दाको अर्को पेशी आज तोकिएको थियो । आज भएको सुनुवाईमा यस अघिको अन्तरिम आदेशले निरन्तरता नपाउने भएको हो ।

बिज्ञापन

आजको सुनुवाइमा यसअघि अध्यादेशमार्फत गरिएको खारेजी कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश निरन्तर नरहने भनेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष