निर्माण व्यवसायी महासंघका अध्यक्ष पाण्डेदेखि मालपानीसम्म धितोपत्र कसुरका प्रतिवादी

सेयर बजारमा करोडौँ ठगी गरेको अभियोगमा निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेसमेत मुछिएका छन् । नेपालको धितोपत्र बजारमा संगठित रूपमा कृत्रिम कारोबार गरी मूल्यमा चलखेल गरेको अभियोगमा नेपाल सरकारले ८१ जना व्यक्ति तथा संस्था विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्दा निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई फरारको सूचीमा राखेर मुद्धा अदालतमा दायर गरिएको हो । लिबर्टी माइक्रो इन्स्योरेन्सका सञ्चालक समेत रहेका ४८ बर्षीया पाण्डेलाई फरारका सूचीमा राखिएको छ । यस्तै कमल मालपानीका छोरा नितेश पजिन फरारको सूचीमा छन् । उनी प्रोटेक्टिभ माइक्रो इस्योरेन्सका सञ्चालक सदस्य हुन । फरारका सूचीमा रहेका अन्य प्रतिवादीहरुमा रोहित गुप्ता,शूभी अग्रवाल,राजबहादुर शाह,सन्दिप चाचन अग्रवाल,शाहिल अग्रवाल,मनोजकुमार लाल कर्ण,उपासना पौडेल,अमित मोर,राजिव मोर,कपिलकुमार दाहाल,ज्योती प्रकाश पाण्डे लगायत रहेका छन् ।

बिज्ञापन

जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले यो प्रकरणमा इन्फिनिटी होल्डिङ्सका सञ्चालक दीपक भट्ट र सुलभ अग्रवाललाई मुख्य योजनाकारका रूपमा उभ्याइएको छ । त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा, सञ्चालक रोहित गुप्ता, व्यवसायीहरू अमित मोर, गोजिन्द सरियासहित ८१ प्रतिवादीलाई मुद्धा दायर गरेकोमा अधिकांश फरार रहेका छन् । पक्राउ परेका केही व्यक्तिहरूलाई म्याद थप गरी अनुसन्धान जारी राखिएको छ भने अदालतले फरार रहेकाहरूको हकमा म्याद जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रतिवादीहरूले सङ्गठित रूपमा सेयर बजारमा चलखेल गरी विभिन्न बिमा कम्पनी र सार्वजनिक संस्थाहरूलाई १ अर्ब १४ करोड ८ लाख ६९ हजार ९३६ रुपैयाँ ७० पैसा हानी नोक्सानी पुऱ्याएको उल्लेख छ । सरकारी वकिलले उक्त रकम बराबरको क्षतिपूर्ति भराउन र दोषीहरूलाई कैद तथा जरिवानाको माग दाबी गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष