१७ सालदेखिको तलबी विवरण अनलाइनमै,किताबखाना धाउनुनपर्ने

सरकारले सम्पत्ति छानबिन आयोग बनाएर उपसचिव र सो भन्दा माथिका कर्मचारीको सम्पत्ति विवरण खोजँगै यस्को प्रभाव निजामती किताबखनामा देखिएको छ ।

बिज्ञापन

सम्पत्ति छानबिन आयोगको दायरा राजनीतिक नेतृत्वका अलवा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सोसरह र सोभन्दा माथिको पदका निजामती सेवा, संसद् सेवा, स्वास्थ्य सेवा वा राष्ट्रिय मानव अधिकार सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु रहेका छन् । निजामती सेवा, संसद् सेवा, स्वास्थ्य सेवा वा राष्ट्रिय मानव अधिकार सेवाको राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) वा सोसरहका कर्मचारी, कार्यालय प्रमुख पदमा कार्यरत वा कार्य गरेको राजपत्रांकित द्वितीय श्रेणी वा सोसरहको कर्मचारी,नेपाल सरकारका आयोग, प्रतिष्ठान, प्राधिकरण, बोर्ड, समिति, केन्द्र आदिका अध्यक्ष, सञ्चालक, कार्यकारी निर्देशक, महाप्रबन्धक, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत तथा राजपत्रांकित प्रथम श्रेणी वा सोसरह र सोभन्दा माथिका कर्मचारी पनि छन् । त्यस्तै, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्थानका अध्यक्ष, सञ्चालक, कार्यकारी निर्देशक, महाप्रबन्धक, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत तथा राजपत्रांकित प्रथम श्रेणी वा सोसरह र सोभन्दा माथिको कर्मचारी, नेपाल सरकारबाट अनुदान प्राप्त गर्ने विश्वविद्यालय, प्रतिष्ठानलगायतका निकायका पदाधिकारी र राजपत्रांकित प्रथम श्रेणी वा सोसरह र सोभन्दा माथिका कर्मचारीको सम्पत्ति समेत यो आयोगले हेर्नेछ ।

बिज्ञापन

यसरी आयोगमा सम्पत्ति विवरण दाखिला गर्नुपर्ने भएसँगै पछिल्लो समय निजामती किताबखानामा बहालवाला तथा निवृत्त उपसचिव वा सोभन्दा माथिल्लो तहका कर्मचारीहरूले आफ्नो तलवी आम्दानीको निस्सा (विवरण) लिन विभाग आउने क्रम बढेको छ । तर विभागले आफ्ना सेवाहरू पूर्ण रूपमा ‘फेसलेस’ बनाइसकेको हुँदा कोही पनि कर्मचारीहरु आफ्नो विवरण लिन कार्यालय धाइराख्नु नपर्ने र सम्पूर्ण विवरण अनलाइनमार्फत् उपलब्ध भइरहेको छ । पछिल्लो समय राष्ट्रिय किताबखानामा सेवाग्राहीको चाप अत्यधिक बढेपछि विभागले अनलाइन र डिजिटल माध्यमबाटै सेवा दिन थालेको जनाउँदै किताबखाना धाउनुपर्ने झन्झट अन्त्य भएको जनाएको छ ।

सेवाग्राहीको सहजताका लागि ‘डिजिटल डकुमेन्ट एक्सेस सर्भिस’ सुरुवात भइसकेको जनाउँदै र कर्मचारीहरुको तलबी आम्दानीको निस्सा अनलाइनमै उपलब्ध भइरहेको जनाइएको छ । किताबखानाको वेबसाइटको होम पेजमा २०१७ सालदेखिको पद, तलब स्केल र ग्रेडको पूर्ण विवरण र ‘तलब र ग्रेड सिट’ शीर्षकमा राखिएको छ । साथै गणना क्याल्कुलेटर पनि राखिएकाले त्यसबाट लाभ लिन सकिन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ट्रेड युनियन खारेजीविरुद्धको रिटमा बहस अधुरो, संवैधानिक इजलासले ‘हेर्दाहेर्दै’मा राख्यो

सम्पत्ति छानबिनको चाप बढेपछि किताबखाना डिजिटल मोडमा, अब तलबी विवरण घरबाटै प्राप्त हुने

आर्थिक विद्येयकमा अर्थमन्त्रीको गम्भीर छेडखानी : चार पटक संशोधन,११ पेजै गायब

१७ सालदेखिको तलबी विवरण अनलाइनमै,किताबखाना धाउनुनपर्ने

चयनमुखी ‘सुशासन’: इन्जिनियरलाई स्पष्टीकरण,सहसचिवलाई संरक्षण

कस्ले चुहायो विद्युतीय गाडीमा करको दर हेरफेरको सूचना ?

ट्रेड युनियन खारेजीविरुद्धको मुद्दा संवैधानिक इजलासमा, सुनुवाइको मिति तय

बीवाईडी कर प्रकरणपछि भन्सारमा ठूलो हेरफेर : रसुवा–तातोपानीका प्रमुखसहित पाँच उपसचिवको सरुवा

बिशेष