सरुवामा परेका कर्मचारी नेताको टिप्पणी : वालेनको अभिव्यक्ति राष्ट्रघाती

नेपाली कम्युनिस्ट पार्टी निकट कर्मचारी संगठनले प्रधानमन्त्री बालेन्द्र शाहको भूमिबारेको पछिल्लो अभिव्यक्तिलाई राष्ट्रघातीको संज्ञा दिएको छ ।

बिज्ञापन

नेकपा निकट कर्मचारी संगठन ‘नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष समेत रहेका भट्टले आइतबार प्रधानमन्त्री बालेनले प्रतिनिधि सभामा नेपाल–भारत सिमा सम्वन्धी व्यक्त गरेको अभिव्यिक्तको विरोध गरेका छन् ।

बिज्ञापन

हालैमात्र कर्मचारी ट्रेड युनियनका २० नेताको सरुवा हुँदा भूमि मन्त्रालयबाट सरुवा भएर नापी विभाग अन्र्तगत पुगेका संगठनका अध्यक्ष अम्बादत्त भट्टले ०८३ साल जेष्ठ १७ गते प्रधानमन्त्रीवाट प्रतिनिधि सभामा नेपाल अन्तर्राष्ट्रिय सिमा भूमि अतिक्रमण वा कव्जा कुनै देशले अर्को देशको स्वामित्व कायम रहेको जमिन आपसी सहमती वा कानुनी अधिकार वेगर अनधिकृत रूपमा भौतिक कब्जा, निर्माण कार्य वा उपयोग गर्ने वा अन्य किसिमले प्रयोग गरि आफ्नो सीमाना विस्तार गर्ने कार्यलाइ अन्तर्राष्ट्रिय जमिन अतिक्रमण वा कव्जा भनिने उल्लेख गरेका छन् ।
उनले नेपाल भारत सिमा क्षेत्रमा पर्ने लिम्पियाधुरा , लिपुलेक , सुस्ता लगायतका दर्जनौं ठाउमा भारतीय पक्षवाट एकतर्फी रुपमा नेपाली भूमि अतिक्रमण वा कव्जा भएको उल्लेख गर्दै अन्तराष्ट्रिय जमिन अतिक्रमण वा कव्जा भनेको के हो ख्याल गरिनुपर्ने बताएका हुन । भट्टले अगाडि लेखेका छन्,नेपाल–भारत सिमा क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेक, सुस्ता लगायतका दर्जनौं ठाउमा भारतीय पक्षवाट एकतर्फी नेपाली भूमि अतिक्रमण वा कब्जा भएको भन्दै प्रधानमन्त्रीले उल्टो कुरा गरिरहनुभएको छ ।

अन्तर्राष्ट्रिय सिमांकनको क्रममा देखिएको जमिन अदल वदल भोगचलन को अवस्थालाई जमिन अतिक्रमण वा कव्जा गरेको व्याख्या देशको जुनसुकै तहको जिम्मेवार व्यक्ति वा संस्थाहरुवाट अभिव्यक्त भए पनि राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको वर्खिलाव हुन जान्छ । कोही कसैले पनि यस्ता अभिव्यक्ति दिनु वा त्यसको ढाकछोप गर्नु दुवै कार्य संविधान विरोधी र राष्ट्रघाती कदम हुने उनको ठहर छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरुवामा परेका कर्मचारी नेताको टिप्पणी : वालेनको अभिव्यक्ति राष्ट्रघाती

बालेनले त्यस्तो बोलेकोमा भारतबाट आयो बधाई

राष्ट्रपतिले प्रमाणीकरण गरे निर्वाचनसम्बन्धी दुई विधेयक

नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री बालेन

मेटेरियोलोजीलाई इन्जिनियरिङ परिषद् दर्ता प्रक्रियामा समावेश गर्ने विषय : कानुनी, शैक्षिक र व्यावसायिक विश्लेषण

!! प्रिय मङसिर महिना, प्रिय मान्छे !!

एकैदिन तोलामा २० हजार रुपैयाँभन्दा बढी उकालो, सुन फेरि तीन लाख नाघ्यो

‘भ्रष्टाचारको पराकाष्ठा’ भन्दै सरुवामाथि प्रश्न उठाउने नापी प्रमुख आफैं सरुवा अटेर, मन्त्रालयको आदेशलाई चुनौती ?

बिशेष