नेपालमा ९ बजेदेखिको कार्यालय समय किन कम उपयुक्त छ ?

सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने तथा शुक्रबार समेत कार्यालय समय बेलुका ५ बजेसम्म कायम गर्ने निर्णय सकारात्मक कदम हो। तर बिहान ९:०० बजेदेखि कार्यालय सञ्चालन गर्ने व्यवस्था नेपालको परिवेशमा त्यति उपयुक्त देखिँदैन, किनकी:

बिज्ञापन

• नेपाली समाजमा बिहान घरपरिवारका जिम्मेवारी (घरको काम, खाना तयारी, बालबालिका/बाबुआमा/सासुससुराको हेरचाह आदि) बढी हुने भएकाले कर्मचारीलाई ९:०० बजे कार्यालय पुग्न हतार भई थप तनाव सिर्जना हुन्छ।
• बिहानै ७–८ बजे हतारमा खाना खानु पर्दा शारीरिक असहजता हुनजाने र मानसिक स्फूर्तिमा कमी आई कार्यसम्पादनमा नकारात्मक प्रभाव पर्न सक्छ ।
. हाम्रो खानपानको चलन विदेशीको भन्दा फरक छ। हामी हल्का ब्रेकफास्ट, हेबी लन्च र ठिक्क डिनर गर्दैनौ। हाम्रो खाना बिहान बेलुका हेबि दाल, भात, तरकारी हो। तसर्थ पनि एक बिहानै खाना खाने कुरा सहज छैन।
• अधिकांश सेवाग्राही १०–११ बजेपछि मात्र कार्यालय आउने भएकाले ९–१० बजेको समयको प्रभावकारी उपयोग हुन सक्दैन।
• सेवाग्राहीको न्यून उपस्थिति रहने कार्यालय/मन्त्रालय/निकायमा बिहान ९:०० बजेनै कार्यालयमा पुग्नुपर्ने औचित्य कम देखिन्छ।
• हालको अबस्थामा सरकारी कर्मचारीका लागि उपलब्ध तलब सुबिधाबाट दैनिक बाहिर लन्च/खाजा/खानाको खर्च व्यहोर्न कठिन हुन्छ।
• धेरै कार्यालयमा गुणस्तरीय, स्वच्छ र किफायती क्यान्टिन सुविधाको अभाव छ; भएका स्थानमा पनि सरसफाइ र खाद्य गुणस्तरका समस्या छन्।
• घर र कार्यालय दुबै जिम्मेवारी सम्हाल्नुपर्ने विशेषतः महिला कर्मचारीमाथि थप हैरानी, तनाब र बोझ थपिने हुन्छ ।
• सार्वजनिक यातायात पूर्ण रूपमा भरपर्दो नभएकाले ९:०० बजे कार्यालय पुग्न झनै चुनौतीपूर्ण हुन्छ।
• ‘Work from home’ जस्ता लचिलो कार्यप्रणालीको सन्दर्भमा अनिबार्य ९–५ समय संरचना सान्दर्भिक नहुनसक्छ ।
• बिहानको पहिलो घण्टामा कार्य–उत्पादकता अपेक्षाकृत कम रहने र समयको उपयोगिता नहुने अवस्था देखिन्छ।
• अत्यधिक हतारो र खानपिनको असहजताले गर्दा कर्मचारीमा दीर्घकालीन तनाव, असन्तुष्टि र मनोबलमा गिरावट आउने सम्भावना रहन्छ, जसले गर्दा अन्तत: सेवाप्रबाहको गुणस्तर र प्रभावकारितामा प्रतिकूल असर पर्ने हुन सक्छ।
अतः उपरोक्त अवस्था तथा कर्मचारीको work-life balance समेतलाई बिचार गर्दा नेपालको सन्दर्भमा सोमबार-शुक्रबार १०:००–५:०० कार्यालय समय नै बढी व्यवहारिक, कर्मचारी–मैत्री र सेवाग्राही–उन्मुख विकल्प हो जस्तो लाग्छ, जसले सार्वजनिक सेवा प्रवाहको गुणस्तर, कार्यसम्पादनको प्रभावकारिता र कर्मचारी सन्तुष्टिमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ ।
(निजी बिचार )

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

सात नायब सुब्बा शाखा अधिकृतमा बढुवा सिफारिस

लगनखेल मालपोतको प्रमुख कुर्सी खाली, उपसचिवहरूको दौडधुप सुरु

अवकाशोन्मुख उच्चपदस्थ कर्मचारीलाई पनि ‘ई–पेन्सन’ सेवा लिन महानिर्देशक पोखरेलको आग्रह

सामान्यको सुशासन : २ बर्षमा १४ पटक सरुवामा परेका एक अधिकृत

नेपालमा ९ बजेदेखिको कार्यालय समय किन कम उपयुक्त छ ?

निर्णय गर्दै,पछि हट्दै

औषधि मूल्यवृद्धि काण्ड : महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए

बिशेष