निर्णय गर्दै,पछि हट्दै

सरकारको पछिल्लो शैली कस्तो देखिदैंछ भने पहिले फायर खोल्ने,क्रिया तथा प्रतिक्रिया हेर्ने र लगतै व्याक हुने । यस्तै देखियो,अर्काे निर्णयमा पनि ।
यस्तै सरकारको एउटा अर्काे निर्णय पनि दुई दिनसमेत टिक्न नपाइ उल्टाउनु परेको छ जसरी यस अघि शिक्षा मन्त्रालयले गरेको निर्णय दुई दिनमै फिर्ता लिन बाध्य भएको थियो । ठीक उसैगरी सिंहदरबार प्रवेशमा कडाइ गर्ने निर्णयको नेपाल एसोसिएसनले तिव्र विरोध गरेसँगै सरकार आफ्नो निर्णयबाट व्याक भएको छ ।

बिज्ञापन

सिंहदरबारभित्र कानुन व्यवसायीहरूको प्रवेशमा गेट पास लिनुपर्ने व्यवस्था गरेपछि बारले प्रशासकीय अदालतका अध्यक्षलाई पत्र लेख्दै सुनुवाइ स्थगित गर्न अनुरोध गरेको थियो । पक्षको प्रतिनिधित्वका लागि प्रवेशमा पास लिनुपर्ने जस्ता झन्झट थपी जटिलता पैदा गरिएको र पक्षको प्रतिनिधित्वमा कठिनाइ उत्पन्न भएकाले पूर्ववतको अवस्था सिर्जना नभएम्म प्रशासकीय अदालतको पेसी सूची प्रकाशन लगायतको जरूरी सुनुवाइ बाहेकको अन्य सुनुवाइ स्थगित गर्न पत्र नै लेखेको थियो । सो निर्णयको चौतर्फी विरोध भएपछि दुई दिनमै उक्त निर्णय उल्टाएर अब अधिवक्ताहरुलाई पूरानै व्यवस्था अनुसार सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् ।
यस अघि चौतर्फी दबाब र विरोधको सामना गर्नुपरेपछि बालेनका विश्वासपात्र सस्मित पोखरेलको पत्र एक दिन पनि टिकेन । १३ गते शपथ खाएको पर्सिपल्टै विद्यालय तहदेखि उच्च शिक्षाका तहमा कुनै पनि प्रकारको ब्रिजकोर्स सञ्चालन नगर्न शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाको नाममा आक्रामक विज्ञप्ति सार्वजनिक भएको थियो । तर विज्ञप्ति तुरुन्तै फिर्ता गर्नुप¥यो । सोमबारको क्याबिनेट बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेल गलेको भाषामा सुनिए । त्यसपछि सापकोटाकै नाममा विज्ञप्ति आयो– वैशाख १ गतेदेखि विद्यालय तहमा ब्रिजकोर्स पूर्ण बन्देज हुने गरी । जुन अघिल्लो दिन पनि थियो तर उच्च शिक्षाको सवालमा कानुनबमोजिम सञ्चालन नभएको भए भनेर नरम भाषा बोलियो । कानुन र प्रक्रिया पुगेकालाई नरोक्ने आशय विज्ञप्तिको छ ।

बिज्ञापन

सरकारले कर्मचारी ट्रेड युनियन खारेज गर्ने भनिएको छ, विद्यार्थी संगठन पनि बन्द गर्ने निर्णयले कर्मचारी, विद्यार्थी एकैपटक आक्रोशित हुन पुगेका छन् । जेनजीको बलमा ठूलो विनाश र क्षतिपछि आएको सरकारले एकैपटक सबै मोर्चामा फायर खोलेपछि चौतर्फी तनावको स्थिति सिर्जना भएको स्थिति छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

सात नायब सुब्बा शाखा अधिकृतमा बढुवा सिफारिस

लगनखेल मालपोतको प्रमुख कुर्सी खाली, उपसचिवहरूको दौडधुप सुरु

अवकाशोन्मुख उच्चपदस्थ कर्मचारीलाई पनि ‘ई–पेन्सन’ सेवा लिन महानिर्देशक पोखरेलको आग्रह

सामान्यको सुशासन : २ बर्षमा १४ पटक सरुवामा परेका एक अधिकृत

नेपालमा ९ बजेदेखिको कार्यालय समय किन कम उपयुक्त छ ?

निर्णय गर्दै,पछि हट्दै

औषधि मूल्यवृद्धि काण्ड : महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए

बिशेष