१
बनाउँन सुन्दर संसार भर थपिदिनु
मेरो नाउँमा हजुरको थर थपिदिनु
कहिले रिसाउँला कहिले खुशी हौँला
नमानी झर्को मायाको लहर थपिदिनु
२
मनको आगो अलिकति देखिदिए हुन्थ्यो
कति भनौँ दिलमा नाम लेखिदिए हुन्थ्यो
भन्दा भन्दा बैमानीले बाटो अन्तै मोड्यौ
उसको याद आउने बाटो छेकिदिए हुन्थ्यो
३
पछुतो तिमीलाई पनि जरुर बनाउँला
त्यो ज्यानलाई यो दिलबाट दूर बनाउँला
रातदिन मैले आँसु पिएरै बस्नु भन्दा त
तिमीबाट छुट्टिन दिल मन्जुर बनाउँला
रिता गिरी रेनुकाको तीन मुक्तक
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
























