सहसचिवको लिखित परीक्षामा १० उपसचिव उत्तीर्ण, ७ मात्र सिफारिस हुने

काठमाडौं । लोक सेवा आयोग केन्द्रीय कार्यालयले सञ्चालन गरेको नेपाल प्रशासन सेवाको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदको लिखित परीक्षामा १० जना उपसचिव उत्तीर्ण भएका छन्।
आन्तरिक प्रतिस्पर्धाअन्तर्गत ७ पदका लागि लिइएको लिखित परीक्षामा मागभन्दा बढी १० जना उम्मेदवार उत्तीर्ण भई मामिला प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट भएका हुन्। अब यी १० जनामध्ये ३ जना अन्तिम चरणमा बाहिरिने छन् भने ७ जनामात्र सहसचिव पदका लागि सिफारिस हुनेछन्।

बिज्ञापन

लोक सेवा आयोगले प्रकाशित गरेको सूचनाअनुसार लिखित परीक्षामा उत्तीर्ण भई मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता पुष्टि हुने सम्पूर्ण प्रमाणपत्रहरू, तथा दरखास्त फारामको पहिलो र दोस्रो पाना २–२ प्रति भरी सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा उपस्थित भई आफैंले प्रमाणित गरी बुझाउनुपर्नेछ। आवश्यक कागजात नपुगेमा जुनसुकै समयमा पनि दरखास्त रद्द हुन सक्ने आयोगले स्पष्ट पारेको छ।

बिज्ञापन

मामिला प्रस्तुतीकरण तथा अन्तर्वार्ताका दिन उम्मेदवारहरूले प्रवेशपत्र र सक्कल कागजातसहित कम्तीमा १ घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा उपस्थित हुनुपर्नेछ। सो दिन सार्वजनिक विदा परे पनि कार्यक्रम यथावत् सञ्चालन हुने आयोगले जनाएको छ।

लिखित परीक्षामा उत्तीर्ण हुने उपसचिवहरूमा खडानन्द अधिकारी, गोकुल बाँस्तोला, डिजन भट्टराई, तीर्थराज राई, पूर्णिमा उपाध्याय, मानबहादुर बम, रेशमलाल कँडेल, विजय राना, सुरेन्द्र थापा मगर र हिरालाल भण्डारी रहेका छन्। तीमध्ये खडानन्द अधिकारी, गोकुल बाँस्तोला, मानबहादुर बम र हिरालाल भण्डारी लेखा समूहका उपसचिव हुन्।

बिज्ञापन

अब सबैको चासो अन्तिम चरणको मामिला प्रस्तुतीकरण र अन्तर्वार्तापछि को–को ७ जना सहसचिवमा सिफारिस हुन्छन् भन्नेमा केन्द्रित भएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवको लिखित नतिजा सार्वजनिक,न्याय सेवाबाट ‘ह्याट्रिक हान्ने दाउमा’ केदार

सहसचिवको लिखित परीक्षामा १० उपसचिव उत्तीर्ण, ७ मात्र सिफारिस हुने

माघ २ देखि निर्वाचन आचारसंहिता लागू हुने, सरुवा,बढुवा र नियुक्तिमा लाग्नेछ लगाम

४४ उपसचिव,३ सहसचिव र दुई सचिवको सरुवा

रंगिला हाकिमलाई उपमहानगरपालिकामा भित्र्याउन हतार

निर्वाचनका कारण परीक्षा : लोकसेवाले रोक्यो, त्रिविसेवा धमाधम तालिका निकाल्दै

लोकसेवामा ‘भनसुन’ होइन, क्षमता चल्छ : पूर्व अध्यक्ष मैनाली

जेनजी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनमध्य १८ प्रतिशतको मर्मत सम्पन्न,४८ प्रतिशत अझैं भग्नावशेष

बिशेष