सशस्त्र प्रहरीका तीन डीआईजी अनिवार्य अवकाशमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका तीन जना नायब महानिरीक्षक (डीआईजी) आज राति १२ बजेपछि अनिवार्य अवकाशमा जाने भएका छन्।

बिज्ञापन

ठीक एक वर्षअघि आजकै दिन एक वर्षका लागि म्याद थप भएका चार जना डीआईजीमध्ये तीन जनाको चार जोड एकको पदावधि सकिन लागेपछि उनीहरू अवकाशमा जान लागेका हुन्। अवकाशमा जाने डीआईजीहरूमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्यविभागमा कार्यरत कमल गिरी, मानवस्रोत विभागमा कार्यरत कुलबहादुर नेम्वाङ र स्टाफ कलेजमा कार्यरत शम्भु सुवेदी रहेका छन्।

बिज्ञापन

त्यसबेला म्याद थप भएका चार जनामध्ये गणेशबहादुर ठाडामगर भने यसअघि नै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भइसकेका छन्। उनी अहिले सशस्त्र प्रहरी बलको भावी नेतृत्वका प्रबल दाबेदारका रूपमा उभिएका छन्।

तीन डीआईजीको अवकाशसँगै सशस्त्र प्रहरी बलको उच्च नेतृत्व तहमा रिक्तता उत्पन्न हुने भएकाले आगामी पदस्थापन र बढुवा प्रक्रियाप्रति संगठनभित्र चासो बढेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन जगेडामा रहेका ३६ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

यी ६ कारणले स्थगित भयो उपसचिवको परीक्षा

उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित

‘घुस्याहा अड्डा’बाट सरुवा भएका दुई मालपोत प्रमुख पुगे प्रशासकीय अदालत

नवौं तहका १६ कर्मचारीहरुको सरुवा,फेरिए यातायात र उद्योग कार्यालयका प्रमुखहरु

करार सेवाका कर्मचारीलाई बोक्ने स्थायीलाई छेक्ने,सचिवज्यू, यही हो त सुशासन ?

इपीएस परीक्षा पास गरेकाहरुको पक्षमा श्रम मन्त्रालयले गर्‍यो यस्तो निर्णय

“घर… एक सपना” अब DishHomeGO OTT एपमा, भोलिबाट सुरु स्ट्रिमिङ

बिशेष