लुम्बिनी सरकारले गर्‍यो सचिवहरूको हेरफेर

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूको कार्यक्षेत्र पुनःव्यवस्थापन गर्दै जिम्मेवारी हेरफेर गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको बैठकले प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सचिवहरूको नयाँ कार्यविभाजन गरेको हो।

बिज्ञापन

निर्णयअनुसार शम्भुप्रसाद मैनाली र विनोद लामिछाने दुवैलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी तोकिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी बन्धुप्रसाद बस्तोलालाई दिइएको छ भने खिमबहादुर रायमाझी प्रदेश लोकसेवा आयोगमा खटाइएका छन्। त्यस्तै, खिमबहादुर कुंवरलाई युवा तथा खेलकुद मन्त्रालयको थप जिम्मेवारी प्रदान गरिएको छ।

बिज्ञापन

यसैगरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक पक्ष सम्हाल्ने गरी अनिल मरासिनीलाई निमित्त प्रदेश सचिवको जिम्मेवारी दिइएको छ।
सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार, सचिवहरूको जिम्मेवारी पुनःव्यवस्थापनले प्रदेश सरकारको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

बिशेष