प्रहरीले मालपोत र जिल्ला प्रशासन कार्यालयबाट एकै पटक २९ जना विचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ती विचौलियाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीको अनुसार विराटनगरस्थित मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङबाट २९ जनालाई पक्राउ गरिएको हो ।
बिज्ञापन
प्रहरीले जिल्ला प्रशासनबाट ९ र मालपोत कार्यालयबाट २० जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरीमा लगेर अनुसन्धान गरिरहेको जनाइएको छ ।
लेखापढी व्यवसायीहरुलाई समेत विचौलियाभन्दै पक्राउ गरिएको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन । लेखापढी व्यवसायीहरुले मालपोत कार्यालयमा तालाबन्दी गर्दै पक्राउ परेकाहरुको रिहाइ माग गरेका छन् ।

























