नेकपा एमालेको ११ औं महाधिवेशनका लागि धमाधम उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।
यसरी उमेद्धार बनेका मध्ये केपी शर्मा ओलीको गृहजिल्ला झापाबाटै १५ जना उमेद्धार रहेका छन् । ती सबै ओली गुटबाट चुनावी प्रतिष्प्रर्धामा होमिदैछन् ।
बिज्ञापन
नेकपा एमालेको जारी महाधिवेशनमा झापा जिल्लाबाटै संस्थापन पक्षतर्फका १५ जना उमेद्धारको नामावली यस अगाडि नै सार्वजनिक भइसकेको छ ।
बिज्ञापन
कोशीबाट मात्र पदाधिकारीमा अध्यक्षसहित ४९ जनाले उमेद्धारी दिने भएका हुन । जसमा केपी शर्मा ओली, उपाध्यक्षमा गुरु बराल, उपमहासचिवमा भानुभक्त ढकाल, सचिवमा शेरधन राई र हिक्मत कार्कीको नाम छ । कोशी प्रदेशबाट विभिन्न क्लस्टरबाट गरेर ४९ जनाको नाम सार्वजनिक भएको छ ।
केन्द्रीय सदस्यहरुमा झापाबाट अग्नि खरेल, जलवर्षा राजवंशी,मनोज ताम्ली,देवेन्द्र दाहाल,जितबहादुर दर्जी, गोविन्द थापा,दीपक कार्की, विशाल भट्टराई,चिन्तन पाठक, होमबहादुर थापा,एलिजा गौतम,गीता अधिकारी,सुनिता बराल,निर्मला पाठक लगायतका उमेद्धार बनाइएको छ ।
बिज्ञापन
जसमध्ये केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनका मुख्य कानुनी सल्लाहकार रहेका अग्नि खरेलले केन्द्रीय सदस्यमा उमेद्धारी नदिने स्वतन्त्र रुपमा सचिव लड्ने बताएका छन् ।


























