क्रिकेट टिमलाई कलेजद्वारा नगदसहित सम्मान

धनगढी/ कार्तिक २१ देखि मंसिर ३ गतेसम्म सम्पन्न सिसिएस प्लस टु क्रिकेट प्रतियोगिता–२०८१ मा उत्कृष्ट प्रदर्शन गर्दै आइपिएस प्लस टु कलेज प्रथम भएको छ । फाइनल खेलमा प्रतिद्वन्द्वी लिटल बुद्धलाई पराजित गर्दै उपाधि हात पारेको उक्त टिमलाई कलेज प्रशासनले नगद पुरस्कार र ट्रफीसहित सम्मान गरेको छ ।

बिज्ञापन

सम्मान कार्यक्रम कलेजका अध्यक्ष हरि रेग्मीको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो । अध्यक्ष रेग्मीले खेलकुदमा विद्यार्थीहरूको निरन्तर सक्रियता र सफलताले कलेजको प्रतिष्ठा अझ उकासिएको बताएका छन् ।प्रतियोगितामा १६ टिमको सहभागिता रहेकोमा आइपिएस प्लस टुले सुरुदेखि अन्त्यसम्म उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो । टिमका खेलाडीहरू शिक्षासँगै अन्य गतिविधिमा पनि समान रूपमा क्रियाशील रहँदै आएका छन् ।

बिज्ञापन

कलेजले कप्तान ललित रसाइली र कोच शुलभ थापासहित टोलीलाई सम्मान गरेको उनले बताए । टीममा म्यान अफ द सिरिज र उत्कृष्ट प्रदर्शनसहित बेष्ट ब्याट्सम्यान आर्यान धनपाली बनेका थिए भने सेमिफाइनल तथा फाइनलको म्यान अफ द म्याच हिमाल कुँवर बने ।

प्रतियोगिता अवधिभर टोलीका खेलाडीहरूले म्यान अफ द म्याच उपाधिसमेत हात पारेका छन् । कलेजले आगामी मंसिर ८ गतेबाट सिसिएस प्रतियोगिता गर्ने तयारी गरेको अध्यक्ष रेग्मीले बताए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

क्रिकेट टिमलाई कलेजद्वारा नगदसहित सम्मान

हिमा घर्तीको गजल

मुख्यसचिव पदका लागि चार सचिवको दौड,यस्तो छ योग्यता-विज्ञता र कार्य अनुभव

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,नियुक्तिदेखि दरबन्दी तेरिज स्वीकृतसम्म

सडकमा १८३ सबइञ्जिनियरहरुको सरुवा

अर्थका २० अधिकृतको सरुवा : राजश्व अनुसन्धान विभागमा १५ को ‘इन्ट्री’

अध्यादेशद्धारा उल्टियो ओली सरकारको निर्णय

अध्यागमन विभागद्वारा विदेशीमाथि कडाइ — ‘निगरानी नराखिए राष्ट्र कमजोर हुने’ निर्देशन

बिशेष