कपिलवस्तुका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–८ स्थित श्री विश्वमैत्री आधारभूत विद्यालयमा विद्यार्थीका लागि विनियोजन भएका छात्रवृत्ति, दिवाखाजा, पाठ्यपुस्तक तथा सामाजिक सुरक्षा करसम्बन्धी रकम हिनामिना गरिएको ठहरिँदै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राप्त उजुरीका आधारमा गरेको अनुसन्धानमा विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूको मिलेमतोमा आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजित विभिन्न शीर्षकका रकम दुरुपयोग भएको पुष्टि भएको हो।

बिज्ञापन

अनुसन्धानअनुसार— छात्रवृत्तिवापत विनियोजित रकम रु. ५१,६०० कुनै पनि विद्यार्थीलाई वितरण भएको प्रमाण फेला परेन।दिवाखाजा शीर्षकअन्तर्गत प्राप्त रु. २,४७,०५० मध्ये मात्र रु. ९,९०० को खाजा कक्षा ६ का तीन विद्यार्थीलाई खुविएको र बाँकी रु. २,३७,१५० हिनामिना भएको देखियो।पाठ्यपुस्तकका लागि छुट्याइएको रु. १,१६,७२९ मध्ये मात्र रु. १,७६४.४ बराबरका पुस्तक तीन विद्यार्थीलाई वितरण गरिएको पाइयो, बाँकी रु. १,१४,९६५.८ दुरुपयोग भएको ठहर गरियो।सामाजिक सुरक्षा कर समेत रु. ३९,७१४.९५ कार्यालयमा नजमा गराइएको पत्ता लाग्यो।

यसरी विभिन्न शीर्षकबाट जम्मा रु. ४,४३,४३०.७५ (चार लाख त्रिचालीस हजार चार सय तीस रुपैयाँ पचहत्तर पैसा) रकम सम्बन्धित कार्यमा खर्च नगरी हिनामिना गरी विद्यालय र नेपाल सरकारलाई हानिनोक्सानी पारेको आयोगको निष्कर्ष छ।

बिज्ञापन

यसरी गैरकानूनी लाभ लिई सार्वजनिक रकम दुरुपयोग गरेको भन्दै प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा ३ का सम्बन्धित प्रावधानअनुसार जरिवाना, कैद र बिगो असुल उपर गर्न मागदाबीसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेवार सहसचिवहरूलाई पेल्दै, विवादित बोहरा विभाग प्रमुख

कर्णालीमा मन्त्रायको संख्या घटाइयो,सचिवसहित २५ कर्मचारीको दरबन्दी कटौती

तीन उपसचिवको सरुवा,फेरिए बाजुराको सिडियो

खारेजीको प्रस्ताव गरिएको राजश्वमा खटाइयो पाँच उपसचिव

कपिलवस्तुका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं सडक डिभिजनले २५ रुग्ण ठेक्का एकैपटक तोड्यो

मुख्यसचिव अर्यालको नेतृत्वमा आज सचिव-स्तरीय समन्वय बैठक

राजस्व संकलन सुस्त : लक्ष्यअनुसार प्राप्ति ७७ प्रतिशत मात्र

बिशेष