१२२ दल दर्ता,२८ प्रक्रियामा

निर्वाचन आयोगमा १२२ दल दर्ता भएका छन् । २८ वटा दल भने दर्ता प्रक्रियामा रहेका छन् । प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि सात वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् । यस्तै यही अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् ।

बिज्ञापन

एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दल नेतृत्वको आग्रहमा खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार विभिन्न २८ दल दर्ता प्रक्रियामा रहेको बताए ।

बिज्ञापन

भदौ २७ गते प्रतिनिधिसभा विघटन भई नयाँ निर्वचन मिति घोषणा भएको थियो । भट्टराईले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरूले निर्वाचनमा सहभागी हुन पाउनेछन् ।

दर्ताको प्रक्रियामा रहेका दलले कागजात पूरा गर्न नसके प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन नपाउने आयोगले जनाएको छ ।

बिज्ञापन

यसैगरी आयोगका अनुसार निर्वाचन आयोगमा हालसम्म २ लाख ८५ हजारले मतदाता परिचयपत्र लिएका छन् । आयोगले दल दर्तासँगै मतदाता नामावली संकलनको काम पनि तीव्र रूपमा चलिरहेको जनाएको छ। मतदाता नाम दर्ता आगामी ५ मंसिरसम्म जारी रहनेछ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

सहसचिवमा नियुक्तिका लागि सिफारिस

बिशेष