सिंहदरबारबाट लुटिएको प्रिन्टर बागबजारको कन्सल्टेन्सीमा फेला

काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको सामग्री बागबजारस्थित एक कन्सल्टेन्सीमा फेला परेको छ। प्रहरीले छापा मारेर सरल शिक्षा एकेडेमी नामक कन्सल्टेन्सीबाट एउटा प्रिन्टर बरामद गरेको छ।

बिज्ञापन

प्रहरी वृत सिंहदरबारबाट खटिएको टोलीले शुक्रबार दिउँसो एकेडेमीमा छापा मारेको थियो। प्रहरीले घटनास्थलमै प्रिन्टरको मुचुल्का उठाएर बरामद गरेको जनाएको छ।

बिज्ञापन

एकेडेमीकी सञ्चालक उषा भट्ट रहेको खुलेको छ, तर प्रहरीले उनलाई पक्राउ गरेको छैन। प्रहरी स्रोतका अनुसार एकेडेमीका केही कर्मचारीहरूले जेन–जी आन्दोलनका बेला सिंहदरबारभित्रबाट सामग्री चोरी गरी ल्याएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

वृत्त प्रमुख डिएसपी जनार्दन घिमिरेका अनुसार सो कन्सल्टेन्सीले यसअघि पनि एउटा प्रिन्टर प्रहरीलाई फिर्ता गरिसकेको थियो। “अहिले पनि त्यस्तै सूचना प्राप्त भएकाले थप सामग्रीको सत्यता बुझ्ने काम भइरहेको छ,” उनले भने।

बिज्ञापन

प्रहरीले यस घटनालाई जेन–जी आन्दोलनपछिका ‘सिंहदरबार लुटपाट प्रकरण’सँग जोडेर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

आयल निगममा नियम मिचेर प्रमुख बनाउने खेलमा सतर्कताको कडा प्रहार: १५ दिनभित्र सच्याउन आदेश

पढाईमा अब्बल,घुस खानमा दख्खल

१३ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस,तीन वटा बढुवा विज्ञापनमा दरखास्त शून्य

सहसचिवमा नियुक्तिका लागि सिफारिस

बिशेष