निजामती प्रवेश : जुम्ला पहिलो,मनाङ शून्य,यस्तो छ ७७ वटै जिल्लाको पोजिसन

गत आर्थिक वर्ष ८१/ ८२ मा लोकसेवा पास गरेर निजामतीमा स्थायी जागिर खानेमा जुम्लाका सबैभन्दा धेरै रहेको भेटिएको छ ।

बिज्ञापन

लोकसेवा आयोगको प्रतिवेदन अनुसार विभिन्न सेवा, समूह सञ्चालन गर्ने निकाय तथा कार्यालयहरूका रिक्त पदमा नियुक्तिका लागि कुल २ हजार ५ सय ९२ जना उम्मेदवार सिफारिस हुँदा जुम्ला जिल्लाबाटै ११५ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन । जुन प्रतिशतका आधारमा ४ दशमलव ४४ प्रतिशत हो ।

बिज्ञापन

यस अघि निजामती प्रवेशको फलामे ढोका मानिने लोकसेवा परीक्षा भीडेर नाम निकाल्नमा स्याङ्जा, गुल्मी,पाल्पा लगायतका जिल्लाहरु अग्रपक्तिंमा रहेको थिए यस पटक जुम्ला जिल्लाले रेर्कड ब्रेक गरेको हो । आयोगको ६६ औं प्रतिवेदन केलाउँदा लोकसेवा भीडेर स्थायी नियुक्ति लिनेमा जुम्लेलीहरु अग्रपक्तिमा रहेका छन् । अघिल्लो आर्थिक बर्षमा सिफारिस भएका उम्मेदवारहरूमध्ये ९ सय २ जना महिला र १ हजार ६ सय ९० जना पुरुष रहेकामा जुम्लाबाटै ३३ महिलासहित ११५ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन । निजामती सेवामा यस अघि स्याङ्जा र गुल्मी जिल्लाले राख्दै आएको वर्चश्व भत्काउदै गत आर्थिक बर्षमा जुम्लाकाहरु सबैभन्दा धेरै निजामतीमा प्रवेश गरेका हुन । उक्त प्रतिवेदन अनुसार, जुम्लालाई स्याङ्जाले पछ्याइरहेको छ । स्याङ्जाका ३६ महिलासहित ९२ जनाले स्थायी नियुक्ति लिएका छन् । यो कुल स्थायी नियुक्ति लिने संख्याको ३ दशमलव ५५ प्रतिशत हो ।

यस्तै लोकसेवा लडेर सबैभन्दा धेरै स्थायी नियुक्ति खाने जिल्लाको तेस्रो नम्बरमा छ गुल्मी । यस अघि गुल्मीबाट सबैभन्दा धेरै सिफारिस भएकामा गत आर्थिक बर्षमा तेस्रोमा झरेको हो । गुल्मीबाट गत आर्थिक बर्षमा ३४ महिला र ४५ पुरुषसहित ८० जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । यो कूल ३ दशमलव ०९ प्रतिशत हो । यस्तै, धनुषाबाट १४ पुरुष, ५८ महिलासहित ७२ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । प्रतिशतमा यो २ दशमलव ७८ प्रतिशत हो ।

बिज्ञापन

यस्तै,पाँचौ नम्बरमा काठमाडौं रहेको छ । जहाँबाट २ दशमलव ७४ प्रतिशतले स्थायी नियुक्ति पाएका छन् । काठमाडौंबाट गत बर्ष ७१ जना स्थायी नियुक्तिका लागि सिफारिस हुँदा ३९ महिला र ३२ पुरुष गरी ७१ जना रहेका छन् ।

यस्तै सर्लाहीबाट २८ महिला र ४३ पुरुषसहित ७१,कञ्चनपुरबाट २८ महिला र ३८ जना पुरुषसहित ६६ जना स्थायी नियुक्तिका लागि सिफारिस हुँदा दैलेखबाट १७ महिला र ४८ पुरुषसहित ६५ जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । आयोगका अनुसार,रुकुम पश्चिमबाट ६३,बारा जिल्लाबाट ६२,रौतहटबाट ६१,कैलालीबाट ६० जना स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् ।

आयोगका अनुसार गत वर्ष मनाङबाट कुनै पनि उमेद्धार लोकसेवा परीक्षा पास गरेर स्थायी नियुक्तिका लागि सिफारिस हुन सकेनन् । यस्तै मुस्ताङ जिल्लाबाट १ जनामात्र उमेद्धार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । यस्तै सबैभन्दा कम सिफारिस भएका जिल्लाहरुमा मुस्ताङ १,रसुवा २,रुकुमपूर्व ४,ताप्लेजुङ ६,सोलुखुम्बु र पाँचथरबाट ८/८,तेह्रथुम ९,म्याग्दी,भोजपुर,दोलखा,डोल्पा र डडेल्धुराबाट १०/ १० उमेद्धार स्थायी नियुक्ति लिन सफल भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

सचिवको घुस काण्ड छानबिन गर्न उपसचिवको संयोजकत्वमा समिति

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

बिशेष