जेन–जी आन्दोलनका शहीद परिवारलाई नेपाल आयल निगमको रोजगारी सहयोग, दुई लाख ७० हजार आर्थिक सहयोग

जेन–जी आन्दोलनमा ज्यान गुमाएका युवाका परिवारलाई नेपाल आयल निगमले रोजगारी प्रदान गरेको छ। हवाई इन्धन डिपो, सिनामंगलले सुवास बोहोराकी आमा कैलीदेवी बोहोरालाई ज्यालादारी कर्मचारीका रूपमा नियुक्ति दिएको हो।

बिज्ञापन

 

बिज्ञापन

आन्दोलनका क्रममा सहादत प्राप्त सुवासको मृत्युपछि विचल्लीमा परेकी आमा कैलीदेवीलाई जीवन यापनमा सहयोग पुर्‍याउने उद्देश्यले रोजगारी दिएको डिपोका प्रमुख प्रदीप यादवले बताए। उनका अनुसार यो अवसर जेन–जी आन्दोलनका प्रतिनिधिहरुको सिफारिसमा प्रदान गरिएको हो।

 

बिज्ञापन

कैलीदेवी बोहोराको नियुक्ति कार्यक्रममा जेन–जी पक्षका शिव यादव, उपार्जुन चाम्लिङ, अप्सना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, खेमराज साउद र गुञ्जन साही पनि सहभागी थिए।

 

यसअघि, आन्दोलनमा ज्यान गुमाएका अर्का ओजेन बुढाका पिता मणिलाल बुढालाई चितवनस्थित भण्डारण क्षमता अभिवृद्धि परियोजनामा रोजगारी दिइसकिएको छ। त्यस्तै, कोटेश्वरमा मृत्यु भएका महेश बुढाथोकीका भाइ उमेशलाई सिमरास्थित हवाइ इन्धन कार्यालयमा सुरक्षा गार्डको रूपमा नियुक्त गर्ने तयारी भइरहेको यादवले जानकारी दिए।

 

समानुभूतिको रूपमा नेपाल आयल निगमको सिनामंगलस्थित हवाई इन्धन कार्यालयका करिब डेढ सय कर्मचारीले शहीद र घाइते परिवारका लागि दुई लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन्। उक्त रकम निगमका उपनिर्देशक रामहरि निरौलाले पाँच मृतकका परिवार र सातजना घाइतेलाई हस्तान्तरण गरेका थिए।

 

यसरी नेपाल आयल निगमले जेन–जी आन्दोलनका शहीद परिवारहरूलाई सम्मानका साथ रोजगारी र आर्थिक सहयोग प्रदान गर्दै समाजप्रतिको उत्तरदायित्व प्रदर्शन गरेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

आफ्नै प्रस्तावबाट व्याक भए ओली

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी सहसचिव भट्टराई २५ लाख धरौटीमा रिहा

खल्तीविरुद्ध जेनजीहरु खुलकुदमन्त्रीकहाँ

अस्वभाविक बरियता : अधिवक्ताभन्दा सर्वाेच्चका न्यायधीश तल,पूर्व एआइजी जेनजी मन्त्रीभन्दा पुच्छारमा

१ लाख रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय वीरगन्जका सर्वेक्षक र सहयोगीविरुद्ध मुद्दा दायर

११२ प्रहरी कर्मचारी कारवाहीमा,बढुवा रोक्कासम्मको चेतावनी

सहकारी व्यवस्थापन टोलीसँग स्पष्टीकरण पछि मन्त्रीको सरुवा

बिशेष