राजस्व अनुसन्धान विभागको ‘कडा निर्देशन’ : मोबाइल र झोला बाहिर राख्नुहोला

काठमाडौं – सरकारी कार्यालयहरूमा खुलापन र पारदर्शिताको चर्चा चलिरहेका बेला, राजस्व अनुसन्धान विभागले भने नागरिकमाथि कठोर नियम लागू गरेको छ। विभागको गेटमै ठूला अक्षरमा टाँसिएको छ – “मोबाइल र झोला बाहिर राख्नुहोला”।

बिज्ञापन

तर प्रश्न उठेको छ — के यो नियम पारदर्शिता र सुरक्षाका लागि हो, वा नागरिकलाई डराउने नीति?

बिज्ञापन

 

सामान्य नागरिक विभागमा पस्नुअघि मोबाइल र झोला बाहिर राख्न बाध्य छन्, तर ठूला बिचौलिया, तस्करीमा संलग्न र सिफारिस बोकेर आउनेहरूका लागि भने यो नियम ‘लागु नहुने’ जस्तो देखिन्छ। यसले विभागभित्रको दोहोरो चरित्र र अन्योलपूर्ण प्रशासनिक सोच झल्काएको छ।

बिज्ञापन

 

राजस्व अनुसन्धान विभाग हालै प्रधानमन्त्री कार्यालयको मातहतबाट हटेर अर्थ मन्त्रालय अन्तर्गत आएको हो, तर नयाँ व्यवस्थापन अनुसार बोर्ड अझै सचिएको छैन। विभागको प्रमुख निर्णय तह नै अधुरो हुँदा नागरिकमाथि मात्र नियमको कठोरता थोपर्नु नैतिक रूपमा आपत्तिजनक मानिएको छ।

 

एक विश्लेषकको भनाइमा, “मोबाइल रोक्नेभन्दा पहिले विभागले आफ्नो पारदर्शिता र जवाफदेहिताको ढोका खोल्नुपर्छ। नागरिकलाई नियन्त्रण गरेर इमानदारी देखिँदैन, पारदर्शिता देखिनु पर्छ।”

 

स्रोतका अनुसार, यो निर्देशनले विभागको विश्वसनीयता घटाएको छ र आलोचना बढ्दै गएको छ। नागरिक अधिकार र स्वतन्त्रताको उल्लङ्घन ठान्दै कतिपयले उक्त सूचना हटाउन माग समेत गरेका छन्।

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

राजस्व अनुसन्धान विभागकै गेटभित्र हरायो ४० करोड : बर्दिया डिस्टिलरी फाइलको रहस्य

बर्दिया डिस्टिलरीको ४० करोड मुद्दा कता हरायो? विभाग मौन, अपराधी निर्भीक

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खरिदार- उपसचिव तहका ४७२ को बेमौसमी खटन पटन, सरुवा माग्दै ७७ को निवेदन

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

बिशेष