सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता गर्ने भएको छ। आइतबार बसेको सर्वोच्च अदालतका े पूर्ण बैठक (सबै न्यायाधीश सहभागी बैठक)ले आगामी असोज २८ गते थप सेवा दिने निर्णय गरेको हो ।

बिज्ञापन

सर्वोच्चका अनुसार पहिलो चरणमा पर्सिदेखि मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गतका निवेदनहरू दर्ता र सुनुवाइ गरिनेछ।

बिज्ञापन

सर्वाेच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले एक सूचना जारी गर्दै आगामी २८ असोजदेखि रिट निवेदन तथा सो सम्बन्धी दफाहरूअन्तर्गतका निवेदनहरू मिति २०८२ असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ गरिने उल्लेख छ । भनिएको छ,असोज २६ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता गरी सुनुवाइ गर्ने निर्णय गरेको हो । अन्य न्यायिक सेवाहरू भने पुनः सूचना जारी भएपछि मात्र सञ्चालन हुने सर्वोच्चले जनाएको छ।

जेनजी आन्दोलनबाट सर्वोच्च पूर्णरुपमा ध्वस्त भएको छ। अहिले त्रिपाल र टेन्टमा इजलास बसेर अदालतले सेवा दिइरहेको छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष