सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता गर्ने भएको छ। आइतबार बसेको सर्वोच्च अदालतका े पूर्ण बैठक (सबै न्यायाधीश सहभागी बैठक)ले आगामी असोज २८ गते थप सेवा दिने निर्णय गरेको हो ।

बिज्ञापन

सर्वोच्चका अनुसार पहिलो चरणमा पर्सिदेखि मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गतका निवेदनहरू दर्ता र सुनुवाइ गरिनेछ।

बिज्ञापन

सर्वाेच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले एक सूचना जारी गर्दै आगामी २८ असोजदेखि रिट निवेदन तथा सो सम्बन्धी दफाहरूअन्तर्गतका निवेदनहरू मिति २०८२ असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ गरिने उल्लेख छ । भनिएको छ,असोज २६ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता गरी सुनुवाइ गर्ने निर्णय गरेको हो । अन्य न्यायिक सेवाहरू भने पुनः सूचना जारी भएपछि मात्र सञ्चालन हुने सर्वोच्चले जनाएको छ।

जेनजी आन्दोलनबाट सर्वोच्च पूर्णरुपमा ध्वस्त भएको छ। अहिले त्रिपाल र टेन्टमा इजलास बसेर अदालतले सेवा दिइरहेको छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

बिशेष