नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैँले बोलाएको पार्टी पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन्। आज डाकिएको पदाधिकारी बैठकमा देउवा अनुपस्थिति हुने भए पछि पार्टीका उपसभापति पूर्णबहादुर खड्काले बैठक सञ्चालन गर्नेछन् ।
बिज्ञापन
जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका देउवाले पहिलोपटक आज दिउँसो १ बजे बस्ने गरी कांग्रेसको पदाधिकारी बैठक बोलाएका हुन्। तर उनी आफैँ भने बैठकमा सहभागी नहुने भएका हुन । जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बूढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए । कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागेको थियो । त्यो चोटमा १२ टाँका लगाइएको थियो ।
बिज्ञापन
बैठकमा पूर्वपदाधिकारी र इतर समूहका नेता डा। शेखर कोइरालालाई बोलाइएको छ । आजको बैठकमा असोज २६ गते आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाइएको हो ।