धुलिखेलमा पहिरोपीडितको घरबाट सामान सुरक्षित स्थानमा सारियो

नं. १५ गण काभ्रेको सुरक्षा फौजले धुलिखेल नगरपालिका–९ पिपलबोटस्थित पहिरोबाट भत्किएको घरको सम्पूर्ण सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य सम्पन्न गरेको छ ।

बिज्ञापन

बिज्ञापन

लगातारको वर्षाका कारण सो क्षेत्रमा गएको पहिरोले स्थानीय बासिन्दाको घर पूर्ण रूपमा क्षति पुर्‍याएको थियो। घटनापछि नेपाली सेनाको नं.१५ गण काभ्रेको टोली तत्काल घटनास्थल पुगेर उद्धार तथा राहत सहयोगमा खटिएको थियो।

बिज्ञापन

सेनाको टोलीले घरभित्र रहेका वस्तुहरू सावधानीपूर्वक बाहिर निकाल्दै नजिकैको सुरक्षित स्थानमा सारिएको धुलिखेल नगरपालिकाले जनाएको छ। यस कार्यले पहिरोपीडित परिवारलाई थप क्षति हुनबाट जोगाउन सहयोग पुगेको स्थानीयले बताएका छन्।

 

नेपाली सेनाले विपद् व्यवस्थापन र उद्धार कार्यमा सधैं तत्पर रहँदै आएको भन्दै स्थानीयवासीले सेनाको सक्रियता र मानवीय सहयोगप्रति आभार व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

११ बर्षदेखि सामान्य प्रशासनमै रमाएका सहसचिव कँडेलले छाड्न मानेनन सिंहदरबार

सुनसान सिंहदरबार

सहसचिव नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

‘अहिले खानु, पछि छादेको बेला थाहा पाउनुहुन्छ’

ओली, लेखक,आइजिपीद्धय,गृह सचिवदेखि सिडियोसम्मलाई कैद सजायको सिफारिस

उपसचिवको दरबन्दीमा धमाधम खटाइयो शाखा अधिकृत,अझैं ९० नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन

अकुत सम्पत्तिको आरोपले घेरिएका सचिव सिग्देल : ओम अस्पतालदेखि सरकारी जग्गासम्म विवादै विवाद

मापदण्ड मिचेर विपद् प्राधिकरण पुगे भट्ट : अब बालेन सरकारले हटाउँछ कि जोगाउँछ ?

बिशेष