नारायणगढ–मुग्लिन सडकमा गएको ठूलो पहिरो पन्छाउन एक्साभेटरको स्टेयरिङ समातिरहेका चालक कमलेश चौधरी अहिले हजारौँ यात्रुका लागि ‘भगवान्’जस्तै देखिएका छन्।
बिज्ञापन
बिज्ञापन
चौधरी आफैं भन्छन्, “असाध्यै जोखिम छ, ज्यानको नै आश मारेर काम गरिरहेका छौं। जतिबेला जे सुकै घटना पनि हुन सक्छ। भगवानको नाम लिएर मात्र स्टेयरिङ चलाउने हो। जिम्मेवारीबाट भाग्न पनि त भएन।”
बिज्ञापन
परिवारलाई भने उनले आफ्नो वास्तविक जोखिमको कुरा लुकाइरहेका छन्। “घरमा थाहा पाए भने जागिर छाडेर आउनु भन्छन्। तर एकदिन मर्ने जूनी नै हो भन्ने सोचले काम गरिरहेको छु,” चौधरी भन्छन्।
चाडपर्वको मुखमा हजारौँ मानिसहरू बाटोमै अलपत्र परेको देख्दा उनलाई अझ बढी दबाब महसुस हुन्छ। “चाँडै बाटो खुलाउन पाए सबैलाई सजिलो हुने थियो भन्ने कुरा दिमागमै घुमिरहन्छ। देश र जनताको लागि मैले यो गर्नु नै पर्छ भन्ने लाग्छ,” उनको भनाइ छ।
सडक खोल्ने क्रममा निरन्तर पहिरो खसिरहँदा उनीहरूको मेसिन ‘जनताको आश’ बनेको छ। चौधरी जस्ता चालकहरूको साहसकै कारण अवरुद्ध यात्रुहरू घर फर्कने आशामा बसिरहेका छन्।