संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पूर्व अर्थसचिव रामेश्वर खनालले पाएका छन् ।
बिज्ञापन
प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् बैठक बिस्तार तथा हेरफेर गर्दा अर्थमन्त्री समेत रहेका रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि दिइएको हो ।
यस्तै गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरिएको छ । यस अघि कानुन मन्त्रालयको समेत जिम्मेवारीमा रहेका अर्यालले गृह मन्त्रालयको मात्र जिम्मेवारी सम्हाल्नेछन् । कानुन मन्त्रालयको जिम्मेवारी पूर्व न्यायधीश अनिलकुमार सिन्हाले सम्हाल्ने भएका छन् ।
बिज्ञापन
मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्री परियारले कृषि तथा पशुपन्छी र मन्त्री खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ । कुलमान घिसिङ र सिन्हालाई तीन तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बिज्ञापन
रामेश्वर खनाललाई २ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै डा मदन परियारलाई कृषि, महाविर पुनलाई शिक्षा र जगदिश खरेललाई सञ्चार गरी एकरएक मन्त्रालय मात्र दिइएको छ । अरु ९ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीसँगै छ ।