पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको मन्त्रिमण्डलले अझै पूर्णता दिन सकिरहेको छैन । मन्त्रिपरिषद् विस्तारका लागि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालको सक्रियताका विभिन्न पात्रहरु खोजिनेक्रम जारी छ । गत २६ भदौमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेपछि मन्त्रीहरूको खोजी जारी छ । हालसम्म गृह र कानुन मन्त्रीको जिम्मेवारीमा ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री (शहरी र भौतिक पूर्वाधार समेत) कुलमान घिसिङ र अर्थमन्त्रीमा रामेश्वर खनाल सोमबार नियुक्त भएका छन् ।
बिज्ञापन
११ सदस्यीय मन्त्रीमण्डल बनाउने भनिए पनि अहिलेसम्म तीन मन्त्री नियुक्त भएका छन् । प्रस्ताव गरिएकामध्ये धेरैले रिजेक्ट गरेका थिए । यस अघि भगवान कोइराला र सन्दुक रुइतले स्वास्थ्यमन्त्री बन्न अस्वीकार गरेका छन् । प्रधानमन्त्रीमा दाबी गर्न काठमाडौं आएका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई खानेपानी र भौतिक पूर्वाधार तगा यातायात मन्त्रालय दिने भने पनि उनले अस्वीकार गरेको बताउँदै आएका छन् ।
बिज्ञापन
राजनीतिक दलहरुसँग प्रत्यक्ष सम्बन्ध नभएको,समाजमा प्रतिष्ठा कमाएका व्यक्तिलाई मन्त्री बनाउने भनिए त्यस्तो व्यक्तित्वमध्ये धेरैले मन्त्री बन्न आनाकानी गरिरहेको समयमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री बन्ने भएका हुन । पुनलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको हो।
यस्तै पत्रकार जगदीश खरेल सञ्चार मन्त्री बन्ने भएका छन् । उनी हाल इमेज खबरका प्रधान सम्पादक खरेललाई कार्की नेतृत्वको अन्तरिम सरकारको सञ्चार मन्त्री बनने भएका हुन ।