आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई १० लाख दिने सरकारको निर्णय

जेन–जी आन्दोलनमा ज्यान गुमाउनेलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आन्दोलनका क्रममा घाइते भएकाको नि शुल्क उपचार गर्ने निर्णय सरकारले गरेको छ ।

बिज्ञापन

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा पदभार ग्रहण गर्दै आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्ने र परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

शुक्रबार राति राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेर सरकारका कर्मचारीलाई निर्देशन दिएकी छन् । ६ महिना भित्र चुनाव गरेर आफू बिदा हुने सोचमा रहेको भन्दै सहयोग गर्न कर्मचारीसँग उनले आग्रह गरिन ।​

बिज्ञापन

मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनका क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी कुल ७२ जनाको मृत्यु भएको छ । त्यस्तै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

यसैबीच नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले बाध्य बनाएको स्पष्ट पारेकी छन् । आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि कर्मचारी, सुरक्षाकर्मीलगायतलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष