भोलि मन्त्रिपरिषद्‌ विस्तार,भोटिङ प्रक्रियाबाटै छनोट गरिँदै मन्त्रीहरु

अन्तरिम सरकारको मन्त्रिमण्डल भोटिङ प्रक्रियाबाटै छनोट हुने भएको छ ।

बिज्ञापन

यस अघि जेनजीहरुको समूहले भोटिङ प्रक्रियाबाटै अन्तरिम सरकारको प्रधानमन्त्री चयन गरेका थिए । उही शैलीमा अन्तरिम सरकारको मन्त्रीहरु चयन हुने जेनजी आन्दोलनका अगुवाहरुले जनाएका छन् ।  प्रधानमन्त्रीमा नियुक्ति सुशीला कार्कीको पक्षमा ५० प्रतिशत मत परेसँगै हिजो राती राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति गरिसकेको छन् । अब उही शैलीबाट नयाँ मन्त्रीहरु छानिन लागेका हुन ।

बिज्ञापन

२३ र २४ भदौको आन्दोलनपछि २५ गते जेन–जी युवाहरूले भर्चुअल मतदानबाट प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेका थिए ।

नयाँ मन्त्रीमण्डलको छनोट पनि भोटिङ प्रक्रियाबाटै हुने भएको छ । अहिले यो आन्दोलनको अगुवा सुदन गरुङ प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न वालुवाटार पुगेका छन् ।

बिज्ञापन

जेन–जी युवाहरूले अन्तरिम सरकारमा मन्त्रीहरू भोटिङ प्रक्रियाबाटै छनोट गर्ने भएका छन् । मन्त्रीका लागि कुलमान घिसिङ, ओमप्रकाश अर्याललगायतका व्यक्तिहरूको चर्चा छ ।

आज छलफलमार्फत् नामावली टुंगो लगाउने र आइतबार मन्त्रिपरिषद्‌ विस्तार गर्ने स्रोतले जनाएको छ । मन्त्रिपरिषद्‌ विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखरा सडक महोत्सवमा देशवासीलाइ रेवानको निम्तो

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

बिशेष