१३ हजार घुस खाने करारका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करारका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । १३ हजार घुस रहक सहित पक्राउ परेको चार साता पछि आज विशेषमा मुद्धा लगेको हो ।

बिज्ञापन

अख्तियारले गत साउन २६ मा नापी कार्यालय काठमाडौँ, कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई १३ हजार घुस रकमसहित पक्राउ गरेको थियो । चन्द्रागिरी नगरपालिका १३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाइदिने भन्दै सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

अख्तियारले कलंकी नापी कार्यालयका प्रमुखको २ थान मोबाइल, सर्भेक्षकको एक थान र कार्यालय सहयोगी कुँवरले घुसवापत लिएको १३ हजार रुपैयाँका साथै उनको १ थान मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । कार्यालय सहयोगीको घुसको कनेक्सन कार्यालय प्रमुख केशव लेखकसम्मै रहेको आशंकामा उनको मोवाइल समेत बरामद भएको थियो । लेखक गृहमन्त्रीका नातेदार हुन ।

अख्तियारले रंगेहात पक्राउ गरेको चार साता पछि विशेषमा मुद्धा लगेको हो । अनुसन्धानपछि उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसूर देखिएको भन्दै अख्तियारले बिगो १३ हजार कायम गरी कैद सजाय र सोही रकम बराबरको जरिवानाको मागसहित आरोपपत्र दायर गरेको हो।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष