डिजी फेरिए लगतै अगाडि बढ्यो रवि लामिछानेको जेल सरुवा प्रक्रिया

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए लगतै रवि लामिछानेको जेल स्थान्तरण प्रक्रिया अगाडि बढेको छ ।

बिज्ञापन

गत जेठ तेस्रो साता भैरहवाका जेलर सुरेश भण्डारीसमक्ष रवि लामिछानेले जेल स्थान्तरणका लागि निवेदन बुझाएका थिए ।

बिज्ञापन

गत चैत २२ गते जिल्ला अदालतले छविलाल जोशी बञ्जाडेसँगै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । बुटवलको सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले कारागार स्थानान्तरण प्रक्रिया अगाडि बढेको हो ।
उनलाई अहिले कारागारको चार नम्बर ब्लकमा एक्लै राखिएको छ । यस अघि गैरकानुनी थुनामा राखिएको भन्दै श्रीमती निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चले जारी गर्न नमानेपछि काठमाडौं सरुवाका निम्ति अनुरोध गरेका थिए । स्वास्थ्य र गर्मीको कारण देखाएर जेल सर्न खोजेका उनको सो निवेदन प्रक्रिया अलपत्र पर्दै आएको थियो । यस अघि डिल्लीबजार कारागार सार्न खोजिएकोमा अब नख्खु सारिने भएको हो ।

यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेको सरुवा भने भएको थिएन । कारागार विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई हुँदा उनको जेल स्थान्तरण रोकिएको थियो । भट्टराई सरुवा भएर निर्वाचन आयोगमा पुगेका छन् भने उनको स्थानमा लीलाप्रसाद शर्मा नियुक्त भएका छन् ।
डिजी फेरिए लगतै रवि लामिछानेको जेल स्थान्तरण अगाडि बढेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष