मध्यराती रास्वपा र एमालेका सांसदबीच झण्डै हात हालाहाल

संघीय निजामती सेवा विद्येयकमा भएका कतिपय प्रावधान छेडखानीका बिषयमा छानबिन गर्न गठन गरिएको समितिका सदस्यहरुबीच झण्डै हात हालहाल भएको छ ।
२९ दिन लगाएर समितिले प्रतिवेदन तयार पारेको छ र आजै प्रतिनिधि सभामा पेश गर्ने तयारी चल्दैछ । सोही प्रतिवेदन तयार गर्ने क्रममा राजनीतिक दल हावी हुँदा सांसदहरुबीच हात हालहालको स्थिति आएको छ ।

बिज्ञापन

यस अघि निजामती विद्येयकमा कुलिङ पिरियडको प्रावधान छेडखानी मानवीय त्रुटीमात्र नभएको र गम्भीर लापरवाही भएको निष्कर्षमा समितिमा रहेका सातै सदस्यको एक मत थियो । जब सत्ताधारी दल एमाले र काँग्रेसले सचेतकहरुले एमाले र काँग्रेसका समितिका सदस्यहरुलाई यसमा जोडिएका प्रशासक र सांसदहरुलाई जोगाउने गरी प्रतिवेदन तयार गर्न भने त्यही पछि कुरा विग्रन शुरु भएको थियो ।

बिज्ञापन

प्रतिवेदनको निष्कर्ष लेख्ने क्रममा काँग्रेसका सांसदहरुले रामहरि खतिवडालाई दोषी किटान गर्न नहुने र एमालेका सांसदहरुले मुख्यसचिव,संसदका महासचिव,अरु सहसचिवहरुको नाम लेख्न नमिल्ने अडान लिएका थिए भने माओवादी,रास्वपा र राप्रपाका सांसदहरुले बदमासीमा जोडिएका सबैका नाम उल्लेख गर्नुपर्ने अaडान राखेपछि विवाद चर्क गएको थियो ।

प्रतिवेदनमा कारबाहीका लागि व्यक्तिको नाम किटान गरेर सिफारिस गर्ने वा नगर्ने भन्ने विषयमा बहस भइरहँदा रास्वपाका सांसद गणेश पराजुलीले व्यक्ति किटान गरे कारबाहीको सिफारिस गर्दा पनि सोही अनुसार उल्लेख हुनुपर्ने अडान लिएका थिए । उनले अडान लिएपछि एमाले सांसद नारायण आचार्य सँग चर्काचर्की परेको हो ।

बिज्ञापन

विवाद चर्कदै जाँदा सत्तापक्ष र प्रतिपक्षका सांस्दहरुबीच झण्डै हात हालाहालको स्थिति आएपछि समिति सभापति जीवन परियारले लफडा मिलाएका थिए ।

भनाभन यति धेरै चर्कदै गयो कि प्रतिपक्षका सांसद एकातिर र सत्तापक्षका सांसद अर्काेतिर भए । राप्रपा सांसद रोशन कार्कीले त एमाले सांसद आचार्यलाई ‘तँ तँ’ कै शैलीमा सम्बोधन गरेपछि विवाद झनै उत्कर्षमा पुगेको थियो । यसरी विवादै विवादका बीच समितिले आज बिहान प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनमा समिति सभापति रामहरि खतिवडा र सचिव दुरा नैतिक जिम्मेवार ठहर भएका छन् ।

छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कंग्रेसका सांसद सुशीला थिङ सदस्य छिन् । नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष