अनुमति बिना जिल्ला नछाड्न हाकिमहरुलाई निर्देशन

जिल्ला प्रशासन कार्यालय, मोरङका प्रजिअ इन्द्रदेव यादवले दुई महिना अनुमतिबिना जिल्ला नछोड्न सबै कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । मनसुनको बेला विपद्को जोखिम रहेको बताउँदै उनले साउन र भदौभर जिल्ला नछोड्न भनेका हुन् । त्यसैगरी, उनले सबै कार्यालयलाई साउन १५ गतेभित्र वेभसाइटमा प्रगति विवरण सार्वजनिक गर्न निर्देश गरेका छन् ।

बिज्ञापन

विपद् न्यूनिकरण तथा रोकथामको कार्य गर्दै आएका कार्यालयलाई स्काभेटर, सवारी,औषधी चिकित्सकसहित राहत र उद्दारका लागि तयारी अवस्थामा रहन भनिएको छ । साथै, सम्पूर्ण कार्यालयका लेखाप्रमुखहरुलाई अनलाइनमार्फत मात्र भुक्तानी दिने व्यवस्था गर्न कडा उर्दी दिइएको छ । उनी गत पुस २४ गते कार्यालयमा हाजिर भएका हुन् ।

बिज्ञापन

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेकाहरुलाई सहज रुपमा उजुरी दिने व्यवस्था मिलाइएको छ । सेवाग्राहीको सहजताका निम्ति बिहानैदेखि राष्ट्रिय परिचयपत्र सेवा सुचारु गरिएको छ । सेवाग्राहीको गुनासो सुन्न र सम्बोधन गर्नका लागि ह्वाट्सएप ग्रुप बनाएका छन् । त्यहाँबाट सोझै सिडिओलाई गुनासो र उजुरीहरु पठाउन सकिन्छ ।

त्यसैगरी,कार्यालयले दैनिक गरेका काम, बैठकका निर्णय,केन्द्रबाट सर्कुलर भएर आएका निर्देशन,विपद्का सूचनादेखि सेवासुविधा प्रवाहबारे फेसबुक पेजमार्फत जानकारी दिन थालिएको छ । जसका कारण कार्यालयमा फोन गर्नुपर्ने झण्झट हटेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष