संघीय सचिवालयमा स्टोरकिपर रोकायको साम्राज्य:- सम्झौतामा ३० प्रतिशतसम्म ‘कमिशन’

नेपाल सरकारको अति विशिष्ट पदाधिकारीहरू (भीभीआईपी) तथा मन्त्रीहरूको कार्यालय र निवास व्यवस्थापन गर्ने जिम्मेवारी पाएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय आफैं भ्रष्टाचारको अखडा बनेको खुलासा भएको छ।

बिज्ञापन

 

बिज्ञापन

कार्यालयका नायब सुब्बा तथा स्टोरकिपर सुनिल रोकायको निरन्तर अनियमितता र हस्तक्षेपका कारण कार्यालयको समग्र वातावरण त्रासदीपूर्ण बनेको कर्मचारी स्रोतले जनाएको छ। स्रोतका अनुसार स्टोरकिपर रोकाय सप्लायर्सहरूसँग मिलेमतोमा सामान आपूर्ति नगरी बिल तयार पार्ने र त्यसकै भरमा भुक्तानी गराउने कार्यमा संलग्न छन्। उनले मात्रै होइन, यो कार्यमा कार्यालय प्रमुख चक्रवर्ती कंठसमेत संलग्न रहेको दाबी गरिएको छ। उनीहरूले कमिशनको हिस्सा बाँड्ने स्थायी सेटिङ बनाएको कर्मचारीहरूको भनाइ छ।

 

बिज्ञापन

सचिवालय अन्तर्गत मन्त्री, सचिव, प्रधानमन्त्री, राष्ट्रपति तथा सिंहदरबारका उच्च तहका कार्यालय र निवासहरूमा आवश्यक पर्ने फर्निचर, कार्पेट, होम अप्लायन्स, दैनिक सरसफाइ सामग्री जस्ता सामानहरू खरिद तथा आपूर्तिको जिम्मा यो कार्यालयसँग हुन्छ। “हामी कर्मचारीलाई डर छ कि कुनै दिन अख्तियार छिर्यो भने सबै फस्नेछौँ,” एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने, “सारा सेटिङ स्टोरकिपर रोकायको हाबी छ।” कार्यालयमार्फत भीभीआईपी तथा मन्त्रीहरूको निवासमा कार्यालय प्रयोजनका नाममा व्यक्तिगत सामग्री—जस्तै कीमती सोफा, फर्निचर, कार्पेट—पठाइने गरेको पुष्टि भएको छ।

 

ती सामग्रीहरू उच्चपदस्थ व्यक्तिहरूका व्यक्तिगत प्रयोगका लागि भए पनि सरकारी बजेटबाट खरीद गरिने गरिन्छ। वार्षिक रूपमा १० करोड रुपैयाँभन्दा बढी खर्च गर्ने यो कार्यालयमा वास्तविक खर्च २५ प्रतिशतभन्दा कम मात्र हुने र बाँकी रकम अनियमितता मार्फत व्यक्तिगत खल्तीमा जाने बताइन्छ। स्रोतका अनुसार, “कागजमा सबै सामान सप्लाइ भएको देखाइन्छ, तर धेरैजसो सामान कहिल्यै कार्यालय वा निवासमा पुग्दैन।” कर्मचारीहरूका अनुसार कागजी सामान वितरणमा स्टोरकिपर रोकायको साइन नभई कुनै प्रक्रिया अघि बढ्दैन। कार्यालय प्रमुख चक्रवर्ती कंठले यस्ता गम्भीर अनियमितता रोक्न नचाहेको होइन, रोकेनन्। बरु कमिशनको हिस्सा लिने “मौन साझेदार” को भूमिकामा रहेको भनाइ छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा व्याप्त अनियमितता शासन प्रणालीकै खिल्ली उडाउने स्तरमा पुगेको देखिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यथाशीघ्र अनुसन्धान थाल्नु पर्ने माग तीव्र हुँदै गएको छ नेपाल सरकारको अति विशिष्ट पदाधिकारीहरूको कार्यालय तथा निवास व्यवस्थापन गर्ने जिम्मेवारीमा रहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय भ्रष्टाचारको जालोमा नराम्रोसँग फसेको छ। स्टोरकिपर सुनिल रोकायको अगुवाइमा भइरहेका अनियमितताहरूमा कार्यालय प्रमुख चक्रवर्ती कंठको संलग्नता वा संरक्षण देखिएको आरोपहरू थप सशक्त हुँदै गएका छन्।

 

सचिवालयको मुख्य काम भनेको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा मन्त्रीहरूको निवासमा आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री (जस्तै फर्निचर, होम अप्लायन्स, सरसफाइ सामग्री, किचन सामान, आदि) आपूर्ति गर्नु हो। यस प्रयोजनका लागि सचिवालयले प्रत्येक वर्ष विभिन्न सप्लायर्स कम्पनीहरूसँग सम्झौता गर्ने गर्छ। तर स्रोतका अनुसार यिनै सप्लायर्सहरूसँग स्टोरकिपर सुनिल रोकायको मिलेमतोमा ठूलो रकमको भ्रष्टाचार भइरहेको छ। उनी आपूर्ति सम्झौतामा ३० प्रतिशतसम्म ‘कमिशन’ (घुस) लिने गरेका छन्।

 

“रोकायले ‘बिना सामान आपूर्ति बिल पास’ मात्र होइन, ‘नक्कली सामान आपूर्ति देखाएर’ वास्तविकभन्दा दोब्बर मूल्यका बिल तयार गराउने गरेका छन्,” एक कर्मचारीले बताए। “त्यो पनि आफूसँग मिल्ने सप्लायर्सलाई मात्र ठेक्का दिने सर्तमा।” यो प्रक्रियाबाट वार्षिक करोडौं रुपैयाँ हिनामिना हुने र त्यसको ठूलो हिस्सा स्टोरकिपर रोकाय र कार्यालय प्रमुख कंठबीच बाँडफाँट हुने प्रस्ट संकेतहरू देखिन्छन्। अधिकांश कर्मचारीहरूका अनुसार भ्रष्टाचारको मात्रा यति बढेको छ कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर ढंगले छानबिन गर्नुपर्ने अवस्था आएको छ। “कर्मचारी डराइरहेका छन्, अख्तियारले कुनै दिन छापा मार्यो भने सबै फस्नेछौं,” एक वरिष्ठ कर्मचारीको भनाइ छ।

उक्त विषयमा जानकारी लिन खोज्दा स्टोरकिपर रोकाय  सम्पर्कमा आएनन् ।

यो पनि पढ्नुहोस् ।

शहरीमा मनपरी, अवकाशको मुखैमा सहसचिवको सरुवा

“रुदैं- रुदैं मन्त्रालय धाइरहेका छौं, हाम्रा आँशु कसैले देख्दैन”

त्रिवि स्टेडियममा नीतिगत भ्रष्टाचार,ठेकेदार पोस्न रातारात स्पेसिफिकेसन संशोधन

सुब्बाको शक्ति :-सरुवा बदर गराउन मन्त्रीदेखि कर्मचारी ट्रेड युनियनमार्फत धम्की

सुव्वाको कारण गठबन्धनमा झण्डै संकट

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष