मन्त्रालय बाहेकका कर्मचारीलाई सिंहदरबार प्रवेशमा कडाई

संघीय निजामती सेवा विद्येयकको बिषयलाई लिएर कर्मचारीहरु आन्दोलित हुने अवस्थामा पुगेका छन् । उच्च प्रशासकको सेवा सुविधामा मात्र केन्द्रित गरी प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विद्येयक तयार पारेसगै तल्ला तहका राजपत्र अनंकित कर्मचारीहरु आन्दोलित हुने स्थितिमा रहेका छन् । जस अनुसार राजपत्र अनंकित कर्मचारीहरुले आज आफ्नो शरिरमा मागपत्र टाँसेर कार्यकक्षमा काम गरिरहेका छन् ।

बिज्ञापन

यता सिंहदरबारमा भने राजपत्र अनंकित,स्थानीय तह,कर्मचारी ट्रेड युनियनका कर्मचारीहरुले प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा आन्दोलन गर्ने तयारी गरिरहेका छन् । नेपाल निजामती कर्मचारी युनियनले समितिमै आन्दोलन गर्ने घोषणा गरेपछि अहिले सिंहदरबार प्रवेशमा कडाई गरिएको छ ।

बिज्ञापन

सिंहदरबार भित्रका बाहेक अन्य कार्यालय,विभागका कर्मचारीहरुलाई प्रवेशमा कडाइ गरिएको छ ।

बिज्ञापन

कार्यतालिका अनुसार,आज बिहान ११ बजेदेखि आन्दोलनको कार्यक्रम रहेको थियो । मन्त्रालय बाहिर विभाग तथा कार्यालयमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाएर सिंहदरबार प्रवेश गर्न खोज्दा समेत प्रवेश गर्न नदिए पछि आन्दोलनको कार्यक्रम र कार्यतालिका परिवर्तन गरिएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ ओलीले जनाएका छन् ।

उनका अनुसार,’राज्य व्यवस्था तथा सुशासन समितिमा गर्ने भनिएको आन्दोलन तथा धर्नाको कार्यक्रम अब लाइन मिनिष्ट्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि हुने भएको छ । कर्मचारीसँग सरकार भयभित भयो । अब आन्दोलनको कार्यक्रम परिवर्तन भएको छ । सिंहदरबारमा उपस्थित भएका साथीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिन लागेका छौं’,ओलीले कर्मचारी प्रेससँग भने ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आज राष्ट्रिय शोक

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

बिशेष