कक्षा १२ को परीक्षा नरोकिने,निजामती कर्मचारी परिचालन गरेर सञ्चालन हुने

सरकारले निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन गर्ने तयारी गरेको छ । झण्डै तीन सातादेखि शिक्षक आन्दोलनका कारण कक्षा १२ को प्रभावित हुने स्थिति बनेपछि परीक्षा निर्धारित समयमा गराउने तयारी स्वरुप निजामती कर्मचारी खटाउन लागिएको हो ।

बिज्ञापन

 

बिज्ञापन

आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने र तोकिएकै समयमा सञ्चालन गर्ने निर्णय गरेको हो । लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्न सक्ने कर्मचारीले १२ कक्षाको परीक्षा सञ्चालन गर्न नसक्ने कुरै हुँदैन । जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीले कर्मचारी परिचालन गरेर, नेपाल सरकारले जिम्मा लिने गरी तोकिएकै समयमा परीक्षा लिने निर्णय भएको छ । त्यही कारण प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर परीक्षा सञ्चालन गर्न लागिएको हो ।

कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ। झण्डै साढे ५ लाख विद्यार्थीहरु परीक्षामा सामेल हुँदैछन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टचारबाट आर्जित सम्पत्तिमा प्रशासककै रजाई,जफत गर्न जेनजी सरकार असफल

छानीछानी मुद्दा मिलाउँदै मालपानी

वातावरण निरीक्षकको विवरण उपलव्ध गराइदिन सामान्यद्धारा पत्राचार

निर्वाचन कार्यालयको गाडी दुर्घटना,निर्वाचन अधिकृतसहित पाँच घाइते

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

बिशेष