अवैध गोदाममा सशस्त्र प्रहरीको छापा, ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद

सशस्त्र प्रहरी बलले चैत्र १२ गते झापा जिल्लाको मेचीनगर नगरपालिका–६ झिल्के घाँम टोलको २ वटा घरमा छापा मारेर ५९ बोरा लत्ताकपडा र मोटर पार्ट्स बरामद गरेको छ ।

बिज्ञापन

उक्त लत्ताकपडा र मोटर पार्ट्स सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा , प्रस्तावित सीमा सुरक्षा गुल्म काकडभिट्टा र राजश्व अनुसन्धान कार्यालय इटहरिको संयुक्त टोलिले बरामद गरेको हो ।

बिज्ञापन

विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा सोही ठाउँ बस्ने मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पार्ट्स बरामद भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रबक्ता कुमार न्यौपानेले बताए ।

ती दुई वाटा घरमा ठूलो परिमाणमा अबैध सामान रहेको सुचना पाए पछि मंगलबार बिहानै बाट नं. २गण झापा बाट डिएसपिको कमान्डमा टोलि खटाएर निगरानी गरि दिउँसो छापा मारिएको थियो ।

बिज्ञापन

बरामद लत्ताकपडा र मोटर पार्ट्स आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी लैजाने प्रक्रियामा रहेको छ । कति मुल्यको सामान भन्ने एकिन भने भएको छैन । करिब १ करोड मूल्य बरबरको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष