नक्कली च्यासिस र नम्बर प्लेटको स्कारपियो गाडीसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

झापा जिल्लाको मेचिनगर नगरपालिका–६ स्थित काँकडभिट्टा बसपार्क ईलाकाबाट चैत्र ११ गते बेलुका सशस्त्र प्रहरीले नक्कली च्यासिस र नम्बर प्लेटको स्कारपियो गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

नियन्त्रणमा लिईएकाहरु मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नगरपालिका–८ बस्ने २१ वर्षिय ईश्वरी भण्डारी र भारतको नक्सालवारी पञ्चायत घर बताउने ३५ वर्षिय निताई घोस छन् ।

बिज्ञापन


उनीहरुले भारतीय स्कारपियो गाडीलाई नेपाली च्यासिस र नम्बर प्लेट बनाई ल्याउँदै गरेको अवस्थामा नं. २ गण झापा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकाडभिट्टाबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । नेपालबाट पुरानो गाडी भारतिय शहर लगेर त्यहाँको नयाँ गाडिमा नेपाली च्यासिस र नम्बरप्लेट राखेर नेपाल ल्याउने गरेको सुचनाको आधारमा पछिल्लो दिनमा विशेष निगरानी गरिएको थियो ।

उक्त गाडीको ईन्जिन नम्बर GCA4D12128, च्यासिस नम्बरMA1TA2GCKA2D32553 र नम्बर प्लेट बा ८ च १३३८ राखिएको छ ।

बिज्ञापन

नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद गाडीको २५ लाख रुपैयाँ मूल्य कायम गरि आवश्यक अनुसन्धान तथा कारबाहिको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासनको लाचारी : १४५ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

ब्युरोक्रेसी सुधारमा हतार होइन, विवेक आवश्यक

१६ अर्बको ठेक्का, निगरानी आफ्नै पूर्वकम्पनीसँग जोडिएको इन्जिनियरको: मन्त्रालयको निर्णय विवादमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बालेन सरकारले दलगत कर्मचारी ट्रेड युनियन खारेजी गर्न सक्छ ? के भन्छन् विज्ञ

रहेनन् वरिष्ठ अर्थशास्त्री आचार्य

एक सीइओसहित तीन कम्पनीमाथि कारवाही,ब्रोकरको लाइसेन्स निलम्बन

राजनीतिक नियुक्ति खाएका ११ सयको नियुक्ति खारेजीको तयारीले तरंग

बिशेष