हराएका प्रहरी सहायक हवल्दार, प्रहरी जवानहरु खोज्दै हेर्डक्वाटर

नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिरीमा रहेका १६ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत पुसदेखि गैर हाजिरीमा रहेका प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

बिज्ञापन

सूचना अनुसार, २ प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी जवान र दुई जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको छन् । सम्पर्कविहीन हुनेहरूमा प्रहरी सहायक हवल्दार, प्रहरी जवानदेखि कार्यालय सहयोगीसम्म रहेका छन् ।

बिज्ञापन

उनीहरु प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँसिसक्दा पनि कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ । साथै, कार्यालयले ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आएमा सफाइको मौका समेत दिइने अन्यथा सेवाबाट हटाइने चेतावनीसमेत दिइएको छ ।


‘सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन आउनुहोला,’ सूचनामा भनिएको छ, ‘अन्यथा प्रहरी नियमावलीअनुसार कारबाही हुनेछ ।’

बिज्ञापन

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कार्यसम्पादनमा खरो उत्रन नसकेका मन्त्रीहरु रेडजोनमा

राहदानी विभागको महानिर्देशकमा विक

अख्तियारले फेला नपारेका माओवादी सत्ताका तरमारा सहसचिव राना एक वर्षदेखि लापत्ता, प्रधानमन्त्री सचिवालयको संरक्षण

उल्टाइदैं गौरीबहादुर कार्की आयोगको सिफारिस

सरकारी कार्यालयलाई चाहिने सफ्टवेयर आफैँ बनाउने तयारी,खुल्दैछ छुट्टै कार्यालय

सचिवको सचिवालय घटाइने,सहसचिवको कटौती हुने,सल्लाहकार र स्वकीय भने बढाइदैं

विज्ञान प्रविधि मन्त्रीको सल्लाहकारमा थापा

खाँडादेवी गाउँपालिकाका प्राविधिकहरूद्वारा सामूहिक राजीनामा

बिशेष