हराएका प्रहरी सहायक हवल्दार, प्रहरी जवानहरु खोज्दै हेर्डक्वाटर

नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिरीमा रहेका १६ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत पुसदेखि गैर हाजिरीमा रहेका प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

बिज्ञापन

सूचना अनुसार, २ प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी जवान र दुई जना प्रहरी कार्यालय सहयोगी एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको छन् । सम्पर्कविहीन हुनेहरूमा प्रहरी सहायक हवल्दार, प्रहरी जवानदेखि कार्यालय सहयोगीसम्म रहेका छन् ।

बिज्ञापन

उनीहरु प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँसिसक्दा पनि कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ । साथै, कार्यालयले ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आएमा सफाइको मौका समेत दिइने अन्यथा सेवाबाट हटाइने चेतावनीसमेत दिइएको छ ।


‘सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन आउनुहोला,’ सूचनामा भनिएको छ, ‘अन्यथा प्रहरी नियमावलीअनुसार कारबाही हुनेछ ।’

बिज्ञापन

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै घुस खाने अधिकृतविरुद्ध मुद्धा दायर

४७ सहसचिवको सरुवा

४७ सहसचिवको एकै पटक सरुवा,१८ लाई प्रदेशमा खटाइँदा एकलाई महानगरपालिका

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परिक्षामा सहभागी हुदैनौं’

१२ को परीक्षामा निजामती कर्मचारी परिचालन अमान्य : ट्रेड युनियन

प्रेस चौतारीका पूर्वसचिवविरुद्ध भ्रस्टाचार मुद्दा,नियुक्तिको दुई दिनमै निलम्बन

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डको निर्णण

निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

बिशेष