भाइरसका कारण थला परेको किताबखानालाई पुर्नजीवन दिँदै महानिर्देशक पोखरेल

निजामती किताबखानाले बढीमा डेढ महिनाभित्र प्रत्यक्ष सेवा दिने भएको छ । सुधारवादी प्रशासकका छवि बनाएका श्रवण पोखरेल हालैमात्र विभागको महानिर्देशकको जिम्मेवारीमा पुगेसँगै आफ्नै नेतृत्वमा प्राबिधिक कर्मचारीहरुको टास्क फोर्स बनाई लाइभ सेवा संचालन गर्नका लागि हार्डवेयर र सफ्टवेयरमा तत्काल गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गरि आवस्यक सुधारको काममा प्रारम्भ भएको किताबखाना स्रोतले जनाएको छ ।

बिज्ञापन

झन्डै एक बर्ष अघि अर्थात २०८० चैत्र २३ गते सेक्सी नामको माल्वेयरको आक्रमणबाट बिभागको सफ्टवेयर काम नलाग्ने अवस्थामा पुगेको थियो । महानिर्देशक पोखरेलले ४५ दिन भित्रै यसलाई पुर्नजीवन दिइने र आफ्नो टिमको पहिलो उपलब्धि नै त्यही हुने प्रतिक्रिया दिए ।

बिज्ञापन

केहि दिन अघिमात्र प्रधानमन्त्री कार्यालयबाट सवै सरकारी निकायहरुलाई एकीकृत सेवा रुपान्तरण योजना पेश गर्न निर्देशन दिइएको थियो । सो निर्देशनसँगै महानिर्देशक श्रवण कुमार पोखरेलले राष्ट्रिय कितावखानामा अनलाईन, लाइभ सेवा संचालन,ई सर्भिस,फेसलेस सर्भिसको रुपमा अनलाइन सिटरोल केही दिनभित्रै दर्ता सेवा सुचारु हुने गरी काम गरिरहेको जनाएका छन् ।
भविष्यमा राष्ट्रिय कितावखानाको सेवालाई  एउटै काउन्टरबाट सबै सेवा पुर्याउने दिर्घकालिन सोचका साथ आफ्नो टिम अघि बढेको र यस्को प्रस्थान बिन्दुको रुपमा तिन वटा कृयाकलाप आफ्नो प्राथमिकतामा परेको पोखरेल को भनाई रहेको छ ।

उनका अनुसार, एक बर्ष देखि डाउन भइ भै काम नलाग्ने अवस्थामा रहेको पिआइएस लाई पुन: लाइभ सञ्चालनमा मा ल्याउने , दोस्रो : सम्पुर्ण भौतिक फाइललाई डिजिटलाइज गर्ने र तेस्रो :  पिआइएसलाई किन्तु /परन्तु नभनि on time update गर्ने कार्य ! यि तिन वटै कार्य आफ्नो टिमले शुरु गरिसकेको पोखरेलले बताए ।

बिज्ञापन

आफ्नो बिभागको मुख्य लाभग्राहि नै बहालवाला कर्मचारी , सेवा निबृत कर्मचारी र तिनका आशृत परिवार रहेकोले उनिहरुले सास्ति र हैरानी खेप्नु नपर्ने गरि आफुले बिभागमा सुधार थालेको महानिर्देशक पोखरेल बताउँछन् ।

अवको अधिकतम ४५ दिन भित्र प्रत्यक्ष सेवामा प्रवेश गरेपछि कर्मचारीले आफ्नो बिवरण आफै हेर्न सक्ने , डाउनलोड गरि पृन्ट गर्न सक्ने , घरै बाट सिटरोल दर्ता गर्न सक्ने , सरोकारवाला निकायको पनि बिभागको सुचनामा सोझै पहुच हुने , नागरिक एप लगयत अन्य सरकारी प्रणाली संग पनि आवद्वता बिस्तार हुने बिस्वास बिभागको रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको बिभागको रुपमा रहेको राष्ट्रिय कितावखानाले भावि सेवा सुधारका संबन्धमा राय / सुझाव संकलन गर्न आफ्नो वेव मार्फत भर्खरै  क्यु आर कोड पनि सार्वजनिक गरेको छ । सरोकारवाला ब्याक्ति वा निकायबाट क्यु आर कोड मार्फत सहजै सुझाव प्राप्त हुने महानिर्देशक पोखरेलको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दुई सहसचिवलाई कारवाहीका लागि सिफारिस

अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रधानमन्त्री भेटेर निस्कँदै गर्दा किस्पाङ अध्यक्ष तामाङ सिंहदरबारबाट पक्राउ

बाढी गएको १९ दिनपछि प्रधानमन्त्रीले भेटे जनप्रतिनिधिलाई

अख्तियार छिर्‍यो नागार्जुन नगरपालिकामा : करोडौँ तलब–भत्ता बुझ्ने आलेप अधिकृत गिरीमाथि छानबिन

यी हुन् श्रम मन्त्रालयका रैथाने कर्मचारीहरू

रोग र वियोगको मारमा नरमाया : श्रीमान पछि छोरा पनि वेपत्ता

अध्यादेशबाट पजनी,अहिले मन्त्रीका सल्लाहकार

बिशेष