२१ उपसचिवको सरुवा सातको गृहमा इन्ट्री,पाँचले पाए प्रमुख प्रशासकीय अधिकृत,तीनलाई सामान्यको बरण्डा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना उपसचिवस्तरका कर्मचारीको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले विभिन्न मन्त्रालयदेखि स्थानीय तहमा कार्यरत रहेका कर्मचारीहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,सात जना उपसचिव गृहमा इन्ट्री पाएका छन् । पाँच जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ भने तीन जनालाई सामान्यको अतिरिक्त समूहमा तानिएको छ ।

बिज्ञापन

गृह भित्रिएका उपसचिव हरिप्रसाद गैरे सञ्चारबाट,सामान्यको अतिरिक्त समूहबाट पोषणराज भण्डारी,रक्षाबाट गोमादेवी ढकाल पौडेल,कृषिबाट तेज प्रकाश प्रसाई,सहरीबाट खेमराज उपाध्याय,पाटन नगरपालिका बैतडीबाट सुवास पौडेल,जिल्ला समन्वय समिति महोत्तरीबाट शिवहरि पोखरेल रहेका छन् ।
यस्तै सामान्य प्रशासनले महेश पाण्डेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट छाँयानाथ रारा नगरपालिका,मुगु,शिक्षा मन्त्रालयबाट हेम कुमार ढकाललाई छेडागाड नगरपालिका जाजरकोट,हरिदत्त भट्टलाई गोदावरी नगरपालिका कैलालीबाट बेदकोट नगरपालिका कञ्चनपुर,माधव ढकाललाई बाग्मती नगरपालिका सर्लाहीबाट सामान्यको अतिरिक्त समूह,उद्योगबाट कृष्णप्रसाद जैसीलाई धुनिबेसी नगरपालिका धादिङमा खटाइएको छ भने धर्मानन्द जोशी बागचौरु नगरपालिकाबाट गणेशमान चारनाथ नगरपालिकामा खटाइएको छ ।
सूची अनुसार,श्रीधर गौतम उद्योगबाट सामान्यको अतिरिक्त,मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीबाट लक्ष्मी पराजुली,माधव ढकाललाई सामान्यको अतिरिक्तमा तानिएको छ ।

under sec saruwa

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिता गिरी रेनुकाको तीन मुक्तक

पहिला सिडियो बन्न हतारो,अहिले तीन महिने तालिमको चटारो

व्यङ्ग्यको ऐनामा समाज : इतिश्री उवाच

भौतिक मन्त्रालयको यात्रामा ‘ब्रेक’ लागेका सचिव दुइ सातापछि खानेपानीमा सरुवा

यातायात कार्यालयका १७ कर्मचारी र ट्राफिकको मोबाइल अख्तियारले गर्‍यो जफत

लुम्बिनी विकास कोषमा कानूनको सामूहिक हत्या : लेखा प्रमुखमाथि सरुवा, तलब रोक्का र प्रतिशोधको ताण्डव

आचारसंहिता उल्लघन गर्नेलाई अब जिल्लाबाटै डण्डा,सहायक सिडियोलाई दिइयो ‘पावर’

आठौं तहका अधिकृतसँग पौने सात करोड अवैद्य सम्पत्ति,श्रीमतीलाई समेत अख्तियारले बनायो प्रतिवादी

बिशेष