काठमाडौंका २० प्रतिशत जनता उत्रिने हो भने २५ गते नै राजालाई नारायणहिटी भित्र्याउन सकिन्छ- ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाह) ले आगामी फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आह्वान गरेका छन् ।

बिज्ञापन

बिहीबार रिपोर्टर्स क्बल नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार पोखराबाट काठमाडौं फर्किने कार्यतालिका रहेको बताएका हुन् ।

बिज्ञापन

उनले भने- ‘सबै राष्ट्रवादी साथीहरुलाई उपस्थितिको लागि हार्दिक अपील गर्न चाहन्छु ।’ नेता शाहीले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजालाई राख्नेगरी आफूहरुले राजासंस्थाको परिकल्पना गरेको बताए । राष्ट्रिय एकता, मुलुकको इज्जत र प्रतिष्ठाको लागि राजसंस्था अपरिहार्य रहेको उनको दाबी छ ।

उनले भने- ‘हामीले जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चाहिन्छ भनिरहेका छौं । देशको शासन सत्ता, देशको कार्यकारी प्रमुख चाहीँ प्रधानमन्त्रीको रुपमा गर्ने, अहिले राष्ट्रपतिको ठाउँमा राजा रहने, किनकी देशको राष्ट्रिय एकतालाई, संसारभरी मुलुकको इज्जत र प्रतिष्ठालाई जोगाइराख्न राजसंस्थाबाहेक अरुले सक्दैन भन्ने कुरा नेपालको १६ वर्षको इतिहासमा देखिएको छ ।’

बिज्ञापन

त्यस्तै, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले प्रजातन्त्र, देश र जनताको रक्षाको लागि ज्ञानेन्द्रले जनताको साथ मागेको बताए । उनले गणतन्त्रलाई कोरोना महामारीको संज्ञा दिए । उनले आम नागरिकहरुलाई राष्ट्रिय झण्डामुनि एक भएर राजसंस्थाको पक्षमा आउन आग्रह गरे । ‘काठमाडौंमा बसोबास गर्ने मध्येको २० प्रतिशत जनता राष्ट्रिय झण्डा बोकेर उत्रिने हो भने २५ गते नै ज्ञानेन्द्र सरकारलाई नारायणहिटी भित्र्याउन सकिन्छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष