राइस कुकर बनाउने बहानामा बोलाएर ‘हनी ट्रयाप’, १० लाख असुल्न खोजेपछि युवती पक्राउ

काठमाडौं – ‘हनी ट्राप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ।

बिज्ञापन

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-८ घर भई हाल काठमडौं-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन्।

बिज्ञापन

आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार अपराह्न कुलेश्वरबाटै पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आचार्यले इलेक्ट्रिक सामान मर्मत गर्ने एक व्यक्तिलाई ‘हनी ट्रयाप’मा पारेकी थिइन्।

बिज्ञापन

‘राइस कुकर बनाउने बहानामा पटक-पटक कोठामा बोलाएर रकम मागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ आचार्यले भने।

रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइदिने भन्दै आचार्यले ती व्यक्तिलाई दबाबमा पारिन्।

‘पीडितलाई १० लाख रुपैयाँ दिन बाध्य बनाएको देखिन्छ,’ आचार्यले भने। सो रकममध्ये आचार्यले तीन लाख रुपैयाँ चेकमार्फत् र बाँकी सात लाख एक सातामा दिने सर्तमा मोलमोलाई गरेको खबर प्रहरीमा पुगेको थियो।

‘सूचना प्राप्त भएपछि कार्यालयबाट टोली खटिँदा आचार्य आफ्नै कोठामा थिइन्,’ आचार्यले भने।

आचार्यलाई आपराधिक लाभ सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गुठीको नाममा मनपरी असुली : स्याङजा मालपोतका नासु अख्तियारको अनुसन्धानमा

लेखापाल,लेखा सहायक र लेखा अधिकृतलाई साधरण तारेखमा छाड्न आदेश

सर्वाेच्चमा किन बस्दैछ १९ न्यायधीशको वृहत्त पूर्ण इजलाश ?

थपिए ९ लाख १५ हजार मतदाता

दुई सातापछि बालेनले छाड्दैछन् महानगरको जिम्मेवारी,सुनितालाई कार्यवहाकको जिम्मेवारी

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

बिशेष