सहसचिव बस्तिको सृजना :-यस्तै हुन्

कुखुरा खान जानेका स्यालहरू
यस्तै हुन् यहाँका
भर्याङ, ढोका र झ्यालहरू
हिजो उता आज यता
भेट हुनासाथ मारामार गर
लड, बाझ, मारकाटै गर
यही सिक
अरूलाई पनि यही सिकाऊ
अरू के जान्दछन् र ?
ती सब वाइयात हुन्
पृथ्वीका भार
तिम्रा लागि मात्र हो
यो रमणीय सुन्दर संसार
भगवानको उपहार !
भर्याङ तिम्रै लागि
ढोका तिम्रै लागि
झ्याल समेत तिम्रै लागि
सारा यी प्राणी तिम्रै लागि बाँचीरहेछन् !
तिमीलाई
कुइन्टलका कुइन्टल फूलमाला लाउन!
अबिर निधारभोरि धसाउन
आफ्नो भान्साको आगो निभाएर
वाली खाइरहेको
बाख्रालाई त्यत्तिकै छोडेर
झारले ढाकेको वालीलाई
नगोडेर
धुलामैला कपडा नधोएर
घरका सारा समस्या र
तनावसँग लड्न नसकी
दिनदिनै रोएर
खाने अनाजको अभावमा
भोकभोकै बसेर
हामी साराका सारा
यी यावत कष्ट सहेर
जस्तो जस्तो हुन्
तिमी हामिलाई आह्वान गर्छौ
ती सारा
तिम्रा आदेशलाई शिरोपर गर्दै
तिम्रै लागि चाहिने
भर्याङ निर्माण गर्न
सक्दा राम्रा राम्रा ढोका त
नसक्दा,
झ्यालै भएपनि
तिमी सजिलै छिर्ने
अरूलाई सदा रोक्ने
ती साराका सारा
तिम्रा लागि बनून्!
सुन्दर बनून्!
कलात्मक बनून्!
कुखुरा खान जानेका स्यालहरू
यस्तै हुन् यहाँका
भर्याङ , ढोका र झ्यालहरू!

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष