‘घुस खाने र काममा आलटाल गर्ने कर्मचारी अब बाँकी रहँदैनन्’

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलेआफ्नै गृह जिल्लामा पुगेर घुस खाने र काममा आलटाल गर्ने कर्मचारी बाँकी नरहने बताएका छन् । लमजुङस्थित बुद्धोदय माविको स्वर्ण जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले  घुस खाने र जनताको काममा आलटाल गर्ने कर्मचारी अब बाँकी नरहने र नागरिकको कामलाई आलटाल गर्ने र घुस खाने कर्मचारी कारबाहीमा पर्ने बताएका छन् ।

बिज्ञापन

मन्त्री गुरुङले मुलुकमा अनेकन तन्त्र बदलिए पनि कर्मचारीको काम गर्ने शैली र चिन्तन नबदलिएको गुनासो पोखे ।  ‘कर्मचारीको कार्यशैली पञ्चायतबाट हालसम्म बदलिएन । पञ्चायतमा पञ्चायतले भनेका मान्ने । बहुदलमा बहुदलले भनेका मान्ने । जनताको कुरा सुन्दै नसुन्ने । अहिले पनि उस्तै रहेको उल्लेख गर्दै व्यवस्था बदलिएको तर कर्मचारीको काम गर्ने तरिका नबदलिएको बताएका हुन । शासन प्रणाली बदलियो, मान्छेको काम बदलिएन । अब घुस खाने र जनताको काममा आलटाल गर्ने कर्मचारी अब बाँकी रहँदैनन् ।

बिज्ञापन

कर्मचारीले १ दिनमा हुने काम १ साता लगाइदिने, १ महिनामा हुने काम १० महिनासम्म लगाइदिने भएकाले अहिलेको प्रणाली अन्त्यको लागि अध्यादेश ल्याएको दाबी गर्दै अध्यादेशले सुशासन कायम हुने दाबी गरे ।

उनले संविधानले तोकेको बाहेक नागरिकका काम ७ दिनभित्रै सक्नुपर्ने बताए । ‘काम नगरेमा उस्ले प्रतिवेदन बुझाउनु पर्छ । सरकारले कारबाही गर्छ’ उनले भने ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन उपनिर्देशक साधरण तारेखमा रिहा

लिचीबारी जग्गा प्रकरणमा जोडिएका मन्त्री थुनामा पुग्दा उपसचिव निलम्बित

पोखराका तत्कालीन प्रमुख मालपोत अधिकृत अधिकारीविरूद्ध दोस्रो भ्रष्टाचार मुद्दा

ओली सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता कारागार चलान

अख्तियार प्रवक्तामा सुरेश न्यौपाने

गृह प्रशासनका अनुभवी रिजाललाई भूमि व्यवस्थाको कप्र महाशाखाको जिम्मेवारी

डिजिटल युगको लोकतन्त्रमा ऐतिहासिक दलहरू ‘सच्चिने कि सक्किने’ मोडमा : उपमहासचिव भण्डारी

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर पर्सा र काठमाडौं

बिशेष