‘घुस खाने र काममा आलटाल गर्ने कर्मचारी अब बाँकी रहँदैनन्’

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलेआफ्नै गृह जिल्लामा पुगेर घुस खाने र काममा आलटाल गर्ने कर्मचारी बाँकी नरहने बताएका छन् । लमजुङस्थित बुद्धोदय माविको स्वर्ण जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले  घुस खाने र जनताको काममा आलटाल गर्ने कर्मचारी अब बाँकी नरहने र नागरिकको कामलाई आलटाल गर्ने र घुस खाने कर्मचारी कारबाहीमा पर्ने बताएका छन् ।

बिज्ञापन

मन्त्री गुरुङले मुलुकमा अनेकन तन्त्र बदलिए पनि कर्मचारीको काम गर्ने शैली र चिन्तन नबदलिएको गुनासो पोखे ।  ‘कर्मचारीको कार्यशैली पञ्चायतबाट हालसम्म बदलिएन । पञ्चायतमा पञ्चायतले भनेका मान्ने । बहुदलमा बहुदलले भनेका मान्ने । जनताको कुरा सुन्दै नसुन्ने । अहिले पनि उस्तै रहेको उल्लेख गर्दै व्यवस्था बदलिएको तर कर्मचारीको काम गर्ने तरिका नबदलिएको बताएका हुन । शासन प्रणाली बदलियो, मान्छेको काम बदलिएन । अब घुस खाने र जनताको काममा आलटाल गर्ने कर्मचारी अब बाँकी रहँदैनन् ।

बिज्ञापन

कर्मचारीले १ दिनमा हुने काम १ साता लगाइदिने, १ महिनामा हुने काम १० महिनासम्म लगाइदिने भएकाले अहिलेको प्रणाली अन्त्यको लागि अध्यादेश ल्याएको दाबी गर्दै अध्यादेशले सुशासन कायम हुने दाबी गरे ।

उनले संविधानले तोकेको बाहेक नागरिकका काम ७ दिनभित्रै सक्नुपर्ने बताए । ‘काम नगरेमा उस्ले प्रतिवेदन बुझाउनु पर्छ । सरकारले कारबाही गर्छ’ उनले भने ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीको महासंकटमा सडक विभागको नेतृत्व : विपत्तिसँग जुध्दै यातायात सञ्चालनदेखि पुनर्निर्माणको खाका तयार पार्दै महानिर्देशक

प्रधानमन्त्रीको अध्यक्षतामा आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

प्रशासनमा सचिव बढुवा धमाधम, प्राविधिकतर्फ पद रिक्त हुँदा पनि बढुवा ठप्प

१२ सहसचिव सामान्य प्रशासनको जगेडामा

६९ सहसचिव पदका लागि लोक सेवाले खुलायो विज्ञापन

एउटै पालिकामा दुईजना हाकिम पठाउनुभो, कसरी काम गर्ने मन्त्रीज्यू ?

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

बिशेष